सुनथरालि धावनमार्गको काम अन्तिम चरणमा

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक मात्र विभान स्थल निर्माण हुन ३० वर्ष लागेको छ । कालीकोट जिल्लाको नरहरिनाथ गाउँ पालिकाको वडा न.१कोटबाडामा रहेको सुनथरालि विमानस्थलको काम अहिले पनि निर्माणाधिन अवस्थामा रहेको छ ।

विमानस्थलको ६ सय ६० मिटर धावनमार्गको काम अन्तिम चरणमा पुगेको छ । यस अघि विभिन्न राजनैतिक दलहरुको मागि खाने भांडो बनेको धावनमार्गको काम दुर्त गतिमा भइरहेको छ । २०७४ साल देखि निरन्तर कामको जिम्मा लिदै आएको काठमाडौं बानेश्वरको श्याम एण्ड शंकर जेभिले जिम्मा लिएको धावनमार्गको काम कालो पत्रे हुन लागेको बताइएको छ ।

धावन मार्ग वरीपोरीको काम समेत अन्तिममा चरणमा पुगेको समेत बताइएको छ । कामको जिम्मा लिएका ठेकेदार मथुरा प्रसाद जौसिले करिव २ किलोमिटर कांडेतार सहितको जालि लगाउने काम भएको र अन्य काम व्यवस्थापन हुने वित्तिकै घेराबारको काम हुने बताउनु भएको छ । २०७४ सालमा तत्कालिन पर्यटन मन्त्रि जिवन बहादुर शाहीले परिक्षण उडान गरेको भएपनि त्यस पछि पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड) पार्टीको प्रचार प्रसारको समयमा मात्र हेलिकप्टर अवतरण भएको थियो ।

अहिले सम्म विभिन्न नेताहरुले सो विमान स्थल सुचारु गर्ने प्रतिवद्धता जनाएपनि कसैले तिन दशक सम्म चासो नदिएको पाइएको हो । ६७ वर्षिय जहले कठायतले लामै समय भएको र अब चिलगाडी(प्लने)आउने आशामा रहेको बताएका छन ।अहिले काम तिव्रगतिले भएको बताउनु भएको छ । विमानस्थल सुचारु .पछि कोटबाडा बासिको जिवनमा केही न केही परिवर्तन आउनेमा जोड दिदै सहकारी अगुवा कालि बहादुर महताराले यहाँका सम्भावना व्यापक भएको सुनथरालि विमानस्थल संगै केवुलकारको सर्भे भएकाले झनै महत्व बढेको औल्याउनु भएको छ ।

२०४८ साल देखि निर्माण शुरु भएको विमानस्थलको जनयुद्धका समयमा विमानस्थलमा काम गर्ने मजदुरहरुलाई २६ जनाको एकै चिहान नभएको भए अहिले सम्म कालीकोट बासिले जहाज चढ्ने चाहाना पुरा हुने बताउदै नरहरिनाथ गाउँ पालिकाका स्थानिय गणेश विष्टले तिन दशक सम्म काममा राजनैतिक हस्ताक्षेपका कारण विमानस्थलकोे काम ओझेलमा परेको बताउनु भएको छ । विष्टका अनुसार आउने निकट भविष्यमा विमान स्थलको काम सम्पन्न हुनेमा आशाबादि भएको समेत बताउनु भएको छ ।
सहकारीको कामको सिलसिलामा नरहरिनाथ गाउँ पालिकामा पुगेका रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले नरहरिनाथ अर्गानिक उत्पादनको ब्राण्ड भएकाले यसको भरपुर उपयोग र बाह्य क्षेत्रमा विस्तारका लागि विशेष जोड दिदै जिल्लाको एक मात्र सुनथरालि विमानस्थल सुचारु भएपछि प्रचुर संभावना रहेको बताउनु भएको छ । सुनथरालि अनुगमनका क्रममा मेयर बरालले घेरबार भएको स्थानमा ओखरका विरुवा लगाउन अनुरोध समेत गर्नु भएको छ ।
अहिले विमान स्थलका लागि भौतिक संरचना निर्माण भएको र कालोपत्रेको काम शुरु भएको बताइएको छ । निर्माणको कामको जिम्मा लिएका श्याम एण्ड शंकर जेभिका साइड इन्चार्ज नम बहादुर शाहीले विमान स्थलको ७० प्रतिशत काम सम्पन्न भएको र आगामि नव वर्ष बैशाख महिना सम्म कालोपत्रेको काम सम्पन्न गर्ने तयारीमा काम भइरहेको बताउनु भएको छ ।

साइड इन्चार्ज शाहीका अनुसार अहिले साढे ३ सय मिटर जति गिट्टी हाल्ने काम भएको र बांकी रहेको काम एक डेढ महिना भित्र सम्पन्न गरेर कालोपत्रे हुने बताउदै युद्ध स्तरमा काम भएकाले २०७९ सालको बैशाख भित्र हस्तान्तरण गर्ने बताउनु भयो । सो विमान स्थल देखि जिल्ला सदरमुकाम मान्ममा समेत केवुलकार समेत बन्ने भएको छ । कर्नालि प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको पहलमा केबुलकारको डिजाइन सर्व समेत भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित