माल्कोटकी राइफल खोस्ने प्याउकलाको निधन

7
SHARES
15
VIEWS

कालीकोट ।माओवादीले थालेको जनयुद्धका क्रममा जनदमनको प्रतिरोध गर्ने क्रममा माल्कोटकि निहत्था महिलाले प्रहरीको राइफल खोस्न नेतृत्व गर्ने नरहरिनाथकी प्याउकलाको निधन भएको छ । लामो समय देखि बिरामी भएकि प्याउकलाको गएराती निधन भएको स्थानीय रमेश चदाराले बताउनु भएको छ । २०५४ साल चैत्र २६ गतेका दिन कोटबाडा र माल्कोटको बिच खोलामा प्रहरीलाई लखेटेर  ओढारमा पुर्‍याइ एक थ्री नट थ्री राइफल खोसेर प्रहरीलाई बुझाउने शाहसी माल्कोटी महिलाको नेतृत्व प्याउकलाले गरेकी थिइन । उनको दाहसंस्कारका लागि नेकपा( माओवादी केन्द्र),बिप्लव नेतृत्वका नेकपा नेता तथा कार्यक्रता घरमा पुगेको बताइएको छ । नेकपाले शाहसी महिलाको एक नक्षेत्र गुमाएको बताएको छ । नेकपाका सहिद स्मृति गाउँ कमिटी इन्चार्ज पदम बिकले आफ्नो पार्टीलाई अपुर्णिय क्षेती पुगाएको बताउदै  पार्टीको झण्डा आधा झुकाउने बताउनु भएको छ ।प्याउकलालाइ यस अघि बिप्लव नेकपाले सम्मान समेत गरेको थियो ।माल्कोट बिप्लव नेतृत्वको नेकपाका प्रबक्ता खड्ग बहादुर बिक”प्रकाण्ड”को गाउँ हो । सो गाउमा २०७४ सालको निर्वाचनमा समेत प्रतिरोध भएको थियो ।प्रकाण्डले बिरामी अवस्थामा केही समय गाउँमा आएर प्याउकलालाइ भेटेर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित