कालीकोट ।फुकोट हाइड्रोको बातावरणिय प्रभाब मुल्यांकन सम्बन्धि अन्तरक्रिया सहितको सार्बजनिक सुनुवाइ कार्यक्रम भएको छ । सान्नित्रीबेणी गाउँ पालिकाको माने बजारमा स्थानीय बासी सरोकारवालाहरुको सहभागितामा अन्तरक्रियात्मक सार्वजनिक सुनुवाइ गरिएको छ । सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष डम्बर शाहीको प्रमुख आतिथ्यता तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानियले आ आफ्ना भनाइ राखेका थिए । सो कार्यक्रममा राजनैतिक दल,सरोकारवाला निकाय सहित आइतबार रेंगिलमा भएको कार्यक्रम पछि हाइड्रोपावरले आज सान्निमा रास्कोट र सान्नित्रीबेणी गाउँ पालिकाका प्रभावित समुदायको उपस्थिति रहेको थियो । मंगलबार पचालझरना र रास्कोटका समुदायको उपस्थितिमा भात्तडीमा अन्तरक्रिया गरिने बताइएको छ ।यस अघि हाइड्रोले समुदायलाइ मुआब्जा दिन शुरु गरेको छ ।
Discussion about this post