कालीकोट । रास्ट्रीय गौरबको आयोजनाका रुपमा रहेको फुकोट कर्नाली अर्धजलासाय जलविद्युत आयोजनाले कालीकोटका जग्गा प्रभावित क्षेत्रमा सार्बजनिक सुनुवाइ शुरु गरेको छ । आइतबारदेखि शुरु भएको सार्वजनिक सुनुवाइ रास्कोटको भात्तडीमा शुरु भएको छ । रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकामा रहेका समुदायको उपस्थितिमा सार्बजनिक सुनुवाइ गरिएको हो ।वातावरण सम्बन्धी अवस्था र त्यस बाट पर्ने असरका बिषयमा छलफल हुने विद्युत उत्पादन कम्पनी लिमिटेडले जनाएको छ ।
Discussion about this post