तत्कालीन उर्जामन्त्री महेन्द्र शाहीका कारण फुकोट हाइड्रो शुरु भएको हो -अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले रास्ट्रीय गौरबको आयोजना फुकोट कर्नाली अर्धजलासाय आयोजनाको शुरूवात हुनुमा तत्कालीन उर्जा मन्त्री महेन्द्र बहादुर शाहीका कारण संचालन भएको बताउनु भएको छ । आज रास्कोटको भात्तडीमा गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष सेजुवालले रास्ट्रीय गौरबको आयोजना भएकाले यसलाइ दुर्तगतिमा अघि बढाउन अनुरोध गर्दै यस आयोजनाले दिएको रकमलाइ दीर्घकालीन रुपमा आत्मनिर्भर हुने गरेर लगानी गर्न समेत समुदायलाई आग्रह समेत गर्नु भएको छ । अध्यक्ष सेजुवालले अहिले पाएको मुआब्जा घरघडेरीमा जिल्ला बाहिर गएकोमा चिन्तित हुँदै आयोजना र स्थानीय निकायको साझेदारीमा उद्योग कलकारखाना संचालन गर्न जोड दिनु भएको छ ।सार्बजनिक सुनुवाइ कार्यक्रममा आयोजना विद्युत उत्पादन कम्पनी लिका प्रमुख हिरामान काजी,आयोजनाका बिज्ञ शिबशंकर कार्की लगाएतको उपस्थिति रहेको थियो ।आयोजनाले भोलि पचालझरनाको लाफामा सार्बजनिक सुनुवाइ गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित