पलाताबासिको प्रश्न : एम्बुलेन्स कहिले आउँछ ?

7
SHARES
15
VIEWS

कालीकोट । सानो काम गरेर चर्चा बटुलेका पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमको पछिल्लो समयमा व्यापक आलोचना हुन थालेको छ  ।

चार वर्ष अघि आफ्नो पारीश्रमिक बाट एम्बुलेन्स ल्याउने घोषणा गरेको भएपनी पालिकामा साझा यातायात संचालन गरे तर एम्बुलेन्स भने कहिल्यै ल्याएनन । अहिले त्यंहाका नागरिकले हिड्ने क्रममा ज्यान गुमाउनु परेको छ भने पालिकामा संचालन गरेका यातायातका साधन  (जिप) खटेरा भएर बिग्रेपछि स्वास्थ्य शाखा अन्तरगतका स्वास्थ्य चौकिलाइ हस्तान्तरण गरेका छ्न । अहिले ती पुर्ण रुपमा संचालन हुन नसक्ने अवस्थामा रहेका छ्न ।

पछिल्लो समयमा आफनै नामको पलाता मल्टिप्रोडक्ट बाटनिर्माणका काम समेत गरेका छ्न ।एम्बुलेन्सका बारेमा पलाता अध्यक्ष लक्षमण बमले बाटो सुचारु भएपछि ल्याउने दाबी गर्दै आएका छ्न । पलाताका स्थानीय अगुवा निराजन बमले चर्को आलोचना गर्दै कहिले आउने हो एम्बुलेन्स ? भन्ने प्रश्न गर्दौ जे काम गरेपनी अघि पछि लाग्नेलाइ युबालाइ ताली नबजाउन आग्रह गरेका छन ।अहिले जिल्लामा तिलागुफा,खांडाचक्र,रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकाले आफ्नै एम्बुलेन्स संचालनमा ल्याएका छन ।

 

आर्थिक वर्ष २०७६/२०७७ बजेटमा छुट्याइएको रकम १०लाख ८८ हजार ५ सय रकम कम्पनिलाई बुझाएको र कम्पनि संगको सम्झौता भए अनुसार थप रकम उपलब्ध नगराउदा पलांता गाउँ पालिकाले एम्बुलेन्स प्राप्त नगरेको बताइएको छ । कम्पनिलाई बुझाएको रकम खेर गएको तर गाउँ पालिकाले पुन : बजेट व्यवस्था गर्न नसक्दा एम्बुलेन्स उपलब्ध नभएको बताइएको छ ।
अहिले सम्म त्यो रकम कहाँ लगानि भएको भन्ने उल्लेख गरेको पाइदैन भने अध्यक्ष बमले आफ्नो तलवबाट हिसाव किताव गरेर एम्बुलेन्स किन्ने घोषणा गरेका थिए ।

तस्विर (४ वर्ष अघि अनलाईन खवरले समाचार छापेको थियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित