तिलागुफामा ५ सय ७० जेष्ठ नागरिक स्विटर र जकेटमा चिटिक्क( फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिकामा नगरप्रमुख शाहीले बुढा बुढीलाई जाडो जोगाउनुका साथै चिटिक्क बनाएर घर पठाएका छन । गाउँ गाउँमा आएको सिंहदरवार कही कतै प्रभावकारी काम भएका छन । जस मध्ये तिलागुफा नगरपालिकाको यो काम नमुना भएको छ । बुढो उमेरमा हेला गर्ने गुनासो आएको बेला स्थानिय सरकारले गरेको न्यानो कपडाबाट आफुहरुलाई ठुलो राहत मिलेको बुढापाकाले बताएका छन ।

जनतालाई राहत हुने गरी केही स्थानिय तहले घत लाग्दा काम गरेर उत्कृष्ठ बन्न सफल भएका छन । त्यस मध्येको तिलागुफा नगरपालिकाले जेष्ठ नगारिकलाई चिसो मौषममा न्यानो कपडा वितरण गरेको छ ।

न्यानो कपडा अन्तरगत महिलालाई स्विटर र जकेट वितरण गरिएको हो । न्यानो कपडा पाएपछि जेष्ठनागरिक खुशी हुंदै नगरप्रमुख शाहीलाई धन्यवाद दिएका छन । जेष्ठनागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले यस कार्यक्रमलाई गएको वर्ष देखि सुचारु गरिएको प्रमुख शाहीले बताउनु भएको छ ।

जिल्लाको उच्च हिमालि भुभागमा रहेको तिलागुफा नगरपालिका प्रमुख रतन शाहीले वडा न.१ देखि ११का जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्नु भएको छ । नगर प्रमुख शाहीले तिलागुफा नगरपालिकाका ७० वर्ष भन्दा माथिका जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गर्नु भएको हो ।

तिलागुफा नगरपालिकाका ५ सय ७० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने बताइएको छ ।आज तिलागुफा नगरपालिका वडा न. १ देखि ५ सम्मका जेष्ठनागरिकलाई वितरण गरिएको र दुई दिन भित्र सबै वडाका जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गरिसक्ने योजना रहेको नेकपा(माओवादी केन्द्र)का नेता तथा निर्माण व्यवसायि महेन्द्र बहादुर शाहीले बताउनु भएको छ ।

जनता संग मेयर कार्यक्रममा तिलागुफा नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९का लागि नगरपालिकाले १ करोड १० लाख रकम विनियोजन रकममा जेष्ठनागरिकलाई न्यानो  कपडा वितरण गरेको र अन्य कार्यक्रमहरुमा महिला तथा वालवालिकाका क्षेत्रमा लगानि गर्ने बताइएको छ । तिलागुफा नगरपालिकाले खोरमुक्त गाउँ,एकिकृत नमुना वस्ति निर्माण जस्ता नमुना काम गर्दै आएको छ ।

यस अघि पचालझरना गाउँ पालिकाले गाउँ पालिकाका ९० जना जेष्ठनागरिकलाई न्यानो कम्मल वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित