कालीकोटका गाउँ गाउँमा खोप अभियान,१लाख२७ हजारमा खोप लगाइयो

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीको तेस्रो लहर चलिरहेको बेला जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले गाउँ गाउँमा खोप अभियान तिब्र पारेको छ । शनिबार खाडाचक्र नगरपालिकाको जितेबजारमा घुम्ती शिबिरका रुपमा खोप लगाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा खांडाचक्र नगरपालिकाको समन्वयमा  जिते,हुल्म बजारमा शुरु गरिएको कोभिड विरुद्धको खोपमा १ सय ४६ जनालाइ खोप लगाइएको र जहाँ शून्य  डोज खोप भएकाहरुको संख्या धेरै रहेको खाडाचक्र नगर स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताउनु भयो ।निकै मानिसको आवतजावत हुने जितेबजारमा पुगेर समुदाय स्तरमा खोप लगाइएको सेजुवालको भनाइ रहेको छ ।पछिल्लो समय बिद्यालय तथा गाउमा खोप कार्य तिब्र पारिएको  जिल्ला स्वास्थ्य सेवा कार्यलय कालीकोटका निमित्त ब्यबस्थापक डाक्टर रत्नबिर सुनारले बताउनु भयो । ब्यबस्थापक सुनारका अनुसार जिल्लामा हाल सम्म पहिलो मात्रा खोप लगाउनेको संख्या ८१ हजार ९ सय ५३ रहेका छन भने दोस्रो मात्रा खोप लगाउनेको संख्या ४५ हजार ८ सय ७ र बुस्टर डोज ३ सय ४०  रहेको बताउनु भएको छ । पछिल्लो समय अभियानलाई गाउँ टोलमा तिब्र पारिएको उहाँको दाबी छ । यसै गरी कालीकोटमा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । कालीकोटमा शनिबार सम्म १ सय ८२ जनासंक्रमित रहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ ।(तस्बिर  रबिन्द्र सेजुवालको फेसबुक बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित