पचालझरनामा सडक अवरुद्ध हुंदा यातायात व्यवसायिले खुलाए

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सिममा सुख्या पहिरोले सास्ति दिएको छ ।लामो समय देखि अवरुद्ध हुंदै आएको उक्त पहिरो शनिबार आएको वर्षाले अवरुद्ध भएको छ ।

आइतवार विहानबाट अवरुद्ध यातायातका साधनहरु थन्किएपछि व्यवसायिहरुले प्रतिगाडी ५ सय रकम संकलन गरेर बाटो खुलाउन पहल गरेको यातायात संचालक भुपेन्द्र शाहीले बताएका छन । १० रकममा चिरञ्जिवि निर्माण सेवाको एक्साभेटर मार्फत बाटो खुलाइएको हो ।

बाटो अबरुद्ध भएपछि अस्थायि प्रहरी चौकी कोटिलाको टोलि सहित स्थानियको पहलमा काम शुरु भएको बताइएको छद । यस अघि तिन पटक गाउँ पालिकाले उक्त सडक सुचारु गरेको भएपनि लगातारको पहिरोले सडक अवरुद्ध हुने गरेको छ ।

पचालझरना गाउँ पालिका केन्द्र पणेक्षा जाने प्रवेश द्धारमा रहेको उक्त सडकको तल्लो भागमा कर्नालि नदिको कटानका कारण झन जोखिम बढ्दै गएको स्थानियले बताएका छन । माथिबाट पहिरो र तलबाट कटानका कारण यातायातका साधन संचालनमा समस्या आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित