रास्ट्रीय सभा निर्वाचन केन्द्रित हुने निर्णय सहित माओवादी केन्द्रको बैठक सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)जिल्ला समन्वय समितीको बैठक सम्पन्न भएको छ ।
आज भर्चुअल माध्यम बाट गरिएको बैठकले आगामी रास्ट्रीय सभाको निर्वाचन केन्द्रीत रहि गठबन्धन दलका साझा उम्मेदवारलाई बिजयी गराउने निर्णय सहित सम्पन्न भएको बताइएको छ ।
नेकपा माओवादी केन्द्र कालीकोटका संयोजक धनजित शाहिको अध्यक्षता तथा केन्द्रीय सदस्य महेन्द्र बहादुर शाही,बिष्णु बिक,यसोदा न्यौपाने र कर्नाली प्रदेश कमिटी अध्यक्ष बिमला केसिको आतिथ्यता भएको बैठकमा नगर तथा गाउँ कमिटीका पदाधिकारीको सहभागीता रहेको कर्नाली प्रदेश कमिटी सदस्य तथा महाबै गाउँ कमिटी इन्चार्ज खेम बहादुर सिंहले बताउनु भएको छ । वहाँका अनुसार माघ १० गते सबै मतदाता सुर्खेत जाने, कोभिड महामारीका समयमा भिडभाड नगरी सो समयमा पार्टीका आन्तरिक कामलाइ ब्यबस्थापन गर्ने लगाएतका निर्णय भएको बताउनु भयो ।
बैठकका प्रमुख अतिथी महेन्द्र बहादुर शाहीले यस कोभिड महामारीका समयमा सबैले सतर्कता अपनाउन र पार्टी संगठनलाई आन्तरिक चुस्तदुस्त राख्न सबैले  भुमिका निर्बाह गर्न निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित