कालीकोट । वाल्यकालमा कला क्षेत्रमा रुचि राख्ने आशा शाही अहिले कर्नालिकी मोृडल बनेकी छन । गाउँमा पढ्ने बेला देखि अरुको नाचेको मन पर्ने उनले झरो(दियालो) बालेर त्यसका छाया हेरेर नक्कल पार्ने र त्यहि अनुसार नाच्न सिकेकी आशा हुने विरुवाको चिल्लो पात भने झै त्यो सावित भएको छ ।
“कला क्षेत्रमा रचि राख्ने नरहरिनाथ निवासि मेहेन्द्र शाहीसंग २०७१ सालमा प्रेम विवाह पछि मुम्बै गएर ६ महिना सांगितिक क्षेत्रमा सुटिंगको काम सिके पछि मुम्बैमै रास्कोटको पिपलु र वर भन्ने महेन्द्र शाही र देवि घर्तिको गितमा अभिनय गर्न शुरु ”
महावै गाउँ पालिका वडा न. ४ डिल्लिकोटमा जन्मिएकी आशाले गाउँमा एक जना आफन्तले सोलारबाट घरमा टिभि जडान गरेपछि घरबाट लुकिलुकि १० रुपैया तिरेर फिल्मि शैलिमा नाच सिकेको बताएकी छन ।
गाउँमा छैटी तथा अन्य विहेको रमाइलोमा फिल्मको शैलिमा सोचेर नाच्ने गरेको बताउदै रातभरको नाच्न सिक्ने र दिनमा स्कुल जांदा सुतेर शिक्षकबाट कुटाइ खाएको समेत अहिले झलझल्ति स्मरण हुने गरेको बताइन । कर्नालि संचारको कुराकानिमा मोडल आशा शाहीले जिल्ला स्तरिय नाचगान आयोजना भएको रहेछ मेरो नाममा पत्र आयो र मेरो पहिलो नाच देखाउने ठुलो अवसर मिल्यो । मेरो नाच देखेर सबै चकित भए ।
त्यहि बेला रेडियो चुलिमालिकाका राम जि बोगटीले एफएमबाट अन्तरवार्ता लिनु भयो ।सबैले सुने म त्यो नाचमा प्रथम आएकी रहेछु । पछि मैले पुरुस्कार समेत पाएन तर केही दुख छैन । त्यस पछि एमालेको कार्यक्रममा मेरो मामा चित्र सिंह(गाउँले)ले मलाई नाच्न आग्रह गर्नु भयो । मेरो नाच प्रति सबैको मन लागेको महसुस मैले गरेको थिए ।
“मोडल आशा शाहीले अभिनय गरेका पिपलु र वर छ सम्झि मन रोला,भेटन जति सजिलो भो,नौ डाडा पारी,आउन पाइन घर,जाउ है घुम्न कालिकोट,बरु बनेइ बाज लगाएतका गित रहेका छन ।”
कला क्षेत्रमा रुचि भएकै कारण आशाले जिल्लामा केही गर्नु पर्छ भनेर डान्स घर निर्माण गर्ने योजना बनाएको बताउदै त्यसका लागि आधिकारीक प्रमाण चाहिने भएपछि उनले सुर्खेत स्थित बागिना समुहमा ३ महिना सिकेर प्रमाण पत्र ल्याएर २०७० सालमा कर्नालि डान्स टेडिङ सेन्टर समेत संचालनमा ल्याएको बताइन ।
“गाउँमा पढ्ने बेला देखि अरुको नाचेको मन पर्ने उनले झरो(दियालो) बालेर त्यसका छाया हेरेर नक्कल पार्ने र त्यहि अनुसार नाच्न सिकेकी आशा हुने विरुवाको चिल्लो पात भने झै त्यो सावित भएको छ ।महावै गाउँ पालिका वडा न. ४ डिल्लिकोटमा जन्मिएकी आशाले गाउँमा एक जना आफन्तले सोलारबाट घरमा टिभि जडान गरेपछि घरबाट लुकिलुकि १० रुपैया तिरेर फिल्मि शैलिमा नाच सिके ”
त्यो पछि लामो समय सम्म संचालन गर्न कठिन भयो । नाच भनेपछि हुरुक्कै हुने आशा विभिन्न ठाउँमा सहभागि हुने गरेकै कारण कक्षा ८मा दुइ पटक फेल भएको स्मरण गर्दै कसैले निम्तो गेरपछि खल्तिमा एक रुपैंया नभएपनि हिड्ने गरेको बताउदै तमाम चुनौतिका बाबजुद कला क्षेत्रमा सफल बन्न सकेको बताएकी छन । राजनैतिक दलका नेताहरुले आयोजना गरेको कार्यक्रममा नाचेकै कारण उठेको हजारौ रकम आफुलाई एक दुई सय रुपैया दिएर घर पठाउनेको गरेको बताउदै चाहिने बेला प्रयोग गर्ने कला क्षेत्र रहेछ भन्ने महसुस हुन्थ्यो ।
आफुले हिम्मत कहिले नहारेर निरन्तर अघि बढ्ने अठोट गरेर अघि बढि रहे । कला क्षेत्रमा रचि राख्ने नरहरिनाथ निवासि मेहेन्द्र शाहीसंग २०७१ सालमा प्रेम विवाह पछि मुम्बै गएर ६ महिना सांगितिक क्षेत्रमा सुटिंगको काम सिके पछि मुम्बैमै रास्कोटको पिपलु र वर भन्ने महेन्द्र शाही र देवि घर्तिको गितमा अभिनय गर्न शुरु गरेको आशाको भनाई रहेको छ । उनले कालीकोटमा बसेर भन्दा पनि बाहिर गएर थप ज्ञान हांसिल गर्ने र आफ्नो कला प्रस्तुत गर्न सहज हुने विश्वासका साथ आफुले अभिनय गर्ने र महेन्द्र शाही रास्कोटीले कला अनि गलाको धनि भएकै कारण आफुहरु कला क्षेत्रमा अगाडी बढेको बताइन ।
अहिले सम्म एक सय बढि गितमा अभिनय गरेकी आशा शाहीले अझै आफ्नो कला संस्कृतिलाई विकास गरेर संरक्षणको अभियानमा लाग्ने बताएकी छन ।आधाुनिक लोक दोहोरी,हुड्केउलि गितमा चर्चित मानिएकी आशा पछिल्लो समयमा टिकटक देखि अन्य सामाजिक संजालमा निकै चर्चामा रहेको पाइन्छ ।
“ राजनैतिक दलका नेताहरुले आयोजना गरेको कार्यक्रममा नाचेकै कारण उठेको हजारौ रकम आफुलाई एक दुई सय रुपैया दिएर घर पठाउनेको गरेको बताउदै चाहिने बेला प्रयोग गर्ने कला क्षेत्र रहेछ भन्ने महसुस हुन्थ्यो ”
कला रहरले नभई परिस्थितिको माग बमोजिम अगाडी बढ्नेमा उनको अनुभव रहेको छ । भावि दिनमा कलालाई कर्नालिको रहन सहन चलनचल्ति अनुसार अग्रसर हुने समेत बताएकी मोडल आशा शाहीले अभिनय गरेका पिपलु र वर छ सम्झि मन रोला,भेटन जति सजिलो भो,नौ डाडा पारी,आउन पाइन घर,जाउ है घुम्न कालिकोट,बरु बनेइ बाज लगाएतका गित रहेका छन । उनको नाचमा मोहित नहुने कमै होलान । आफ्नो कलाको मुल्य भन्दा पनि अभिनय गर्न पाउने अवसरले दर्शकहरुलाई रिझाउने र मोहित पार्नेे देखिदै आएको छ ।
Discussion about this post