पछिल्लो समय १८ लाख ८९ हजारमा कोरोना संक्रमण,५ हजारको मृत्यु

7
SHARES
15
VIEWS

काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ ।

पछिल्लाे २४ घण्टामा दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या बढिरहेकाे पाइएकाे छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ६७३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ६७३ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ८९ हजार ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३५ करोड ४४ लाख ६४ हजार ९९० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २८ करोड १५ लाख ८८ हजार ९९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख २१ हजार ६६४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६५९ को ज्यान गएको छ ।

८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख १८ हजार ४४८ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ८ लाख २४ हजार २३४ जना संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित