जनयुद्धका सहिद घरपरिवारलाई प्रेस सेन्टर द्वारा सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध ताका बिरगती प्राप्त गर्ने युद्ध पत्रकारका घरपरिवारलाई सम्मान गरिएको छ ।नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसका अवसरमा रुकुम पश्चिमले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा   जनादेश, रेडियो जनगणतन्त्र लगायतका संचारमाध्यम मार्फत जनपक्षीय पत्रकारिता गर्दा गर्दै पाल्पाको तिनगिरेमा वीरगति प्राप्त गर्ने चिनबहादुर बुढा र अर्घाखाँचीमा वीरगति प्राप्त गर्ने महान सहिद प्रेमप्रकाश चन्दको परिवारलाई सम्मान गरिएको हो ।त्यसै गरी प्रेस सेन्टर नेपाल रुकुम पश्चिम शाखाले जिल्ला स्थित संचार गृह, मजदूर कार्यस्थलमा स्वास्थ्य सामग्री वितरण, विपन्न समुदायलाई खाद्यान्न वितरण समेत गरेको लगायतका कार्यक्रम गरेर जिल्लाभर १८ औं स्थापना दिवस मनाइएको छ । आज देशभर प्रेस सेन्टर नेपालले १८ औं स्थापना दिवस मनाएको छ ।प्रेस सेन्टर नेपाल जनयुद्धका समयमा १८ वर्ष अघि आजकै दिन स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित