हिमचुली सहकारी द्वारा सहायक ब्यबस्थापक शाही प्रती दुख ब्यक्त

7
SHARES
15
VIEWS

कालीकोट ।सहकारी क्षेत्रमा एक दशक काम गर्दै आउनु भएका कालीकोट महाबै ६ निवासि सिंह बहादुर शाहीको निधन प्रती हिमचुली कृषि सहकारी संस्था लिले दु:ख ब्याक्त गरेको छ । माघ १४ गते संस्थाको निर्माणधिन भवनको बारदली बाट लडेर भएको असामयिक निधन प्रती शोक बक्तब्य दिदै  संस्थाका कर्मठ,इमान्दार तथा शालिन सहकारी कर्मी गुमाएर अपुरणिय क्षती पुगेको भन्दै शोक ब्यक्त मार्फत कालीकोटमा लघुबित्तको शुरूवात गर्ने अभियान्ता गुमाएको  बताइएको छ ।जिल्ला कृषि  सहकारी संघ लिका जिल्ला सचिब समेत रहेका सिंह बहादुर शाहीको दु:खद निधनले जिल्लामै सहकारी अगुवा गुमाउदाको पीडा एक्लोपनको महसुस गराएको बताइएको छ । हिमचुली कृषि सहकारी संघ लिका अध्यक्ष काली बहादुर महताराका अनुसार संस्था र सामाजिक सेवा भन्ने बित्तिकै लागि पर्ने शाहिको निधन सबैका लागि दु:खद भएको बताउदै सबैलाइ धैर्यधारणका लागि अनुरोध गर्नु भएको छ । मृतक शाहिका एक छोरा एक छोरी रहेका छ्न । छोराछोरीको पठनपाठनका लागि संस्थाले आबस्यक सहयोगका लागि उचित निर्णय गर्ने समेत बताउनु भएको छ ।संस्थाले दुर्घटना बिमा बापत ब्यबस्थापन गरिने समेत बताइएको छ। त्यसका साथै हिमचुली कृषि सहकारी संस्था लिमा कार्यरत सम्पुर्ण कर्मचारीले समेत शोक बक्तब्य जारी गर्दै दुख ब्याक्त समेत गरेको संस्थाका मुख्यब्यबस्थापक जगेन्द्र प्रसाद आचार्ले बताउनु भएको छ । मृतक शाहिको शनिबार पोस्टमार्टम पछि आइतबार अन्तिम दाहसंस्कार गरिने आफन्तले बताएका छ्न ।घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलिले घटना स्थल सहकारीको कार्यालयमा समेत अनुसन्धान गरेको र थप अनुसन्धान जारी राख्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी भुपेन्द्र शाहीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित