हिमचुलीका सहायक ब्यबस्थापक शाहीको सहकारी झण्डा ओढाएर अन्त्येष्टि

7
SHARES
15
VIEWS

कालीकोट ।हिमचुली कृषि सहकारी संस्था लिका सहायक ब्यबस्थापक सिंह बहादुर शाहीको आज अन्त्येष्टि गरिएको छ । गएको शुक्रवार भएको असामयिक निधन भएपछी जन्मघर महाबै गाउँ पालिका स्थित तिला नदिको पान्तडीमा अन्त्येष्टि गरिएको छ । अन्तिम दाहसंस्कारमा हिमचुलि कृषि सहकारी संस्था लिका अध्यक्ष काली बहादुर महतारा,सस्थाका संरक्षक काशिचन्द्र बराल,उपाध्यक्ष देबनारायण संज्याल,सचिब सरोज बोगटी,कोषाध्यक्ष कृष्णकला पाण्डे सहितका पदाधिकारीहरुको उपस्थितिमा मृतक शाहीको सव माथि सहकारीको झण्डा ओढाएर अन्तिम दाहसंस्कार गरिएको हो । दाहसंस्कारमा आफन्तजन्का साथै नेकपा(माओवादी केन्द्र)कालीकोटका संयोजक धनजित शाहिले पार्टीको झण्डा समेत ओढाइएको थियो ।हिमचुली कृषि सहकारी संस्थामा बिगत १० वर्ष देखि कार्यरत रहदै आउनु भएको थियो ।कालीकोटका दुरदराजमा लघुबित्तका बारेमा जानकारी नभएको अवस्थामा शुरूवात गर्ने पहिलो ब्यक्ती सिंह बहादुर शाही रहेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित