राप्रपा केन्द्रिय सहमहामन्त्रीमा कालीकोटका बुढा

7
SHARES
15
VIEWS

कालीकोट । राप्रपाको केन्द्रिय सहमहामन्त्रीमा कालीकोटका धनबहादुर बुढा मनोनीत भएका छ्न । राप्रपाको केन्द्रिय समिती बैठकले कालीकोटको सान्नित्रीबेणी गाउँ पालिका २ निवासी धनबहादुर बुढालाइ सहमहामन्त्री मनोनीत गरिएको हो ।उपाध्यक्षमा दुई जना,महामन्त्रीमा २ जना र बुढा संगै सहमहामन्त्रीमा ७ जनालाई मनोनित गरेको छ भने ६ जनालाई सहमहामन्त्रीमा मनोनीत गरेको राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देल द्वारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।बैठकले राप्रपाको बिधान बमोजिम प्रबक्तामा तीन जना,सहायक प्रबक्तामा तीन जना ६ वटा बिभागिय प्रमुख समेत तोकेको हो । यस अघि राप्रपा महाधिवेशनमा अध्यक्ष सहित एक जना महामन्त्री निर्वाचित भएका थिए ।कालीकोटका धनबहादुर बुढा लामो समय देखि राप्रपा भित्रका गणतन्त्र उन्मुख नेताका रुपमा स्थापित युबा नेताका रुपमा रहदै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित