सुर्खेत । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ नेपाल अन्तरास्ट्रिय तेक्वान्दो संघ सुर्खेतको पहिलो भेलाले पदाधिकारी चयन गरेको छ ।
महासंघका केन्द्रीय सदस्य एवं कर्नाली प्रदेश तेक्वान्दो संघका संयोजक हाेम बहादुर सुनारकाे अध्यक्षता तथा सुर्खेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुर्खेत जिल्लामा हिमाल लामाको अध्यक्षतामा कमिटी गठन गरिएको बताइएको छ । संघको उपाध्यक्षमा मरीचमान सुनार र शिव फडेरा,सचिब रामजन शाही ,कोषाध्यक्ष रमिला रोकाया सहित ९ सदस्य कमिटी गठन भएको सल्लाहकार गोगन कुमार बिकले बताएका छ्न ।
उक्त कार्यक्रममा बिशेष अतिथि दैलेख जिल्ला संयोजक गजेन्द्र थापा,कालिकोट जिल्ला संयोजक गाेगन कुमार बिश्वकर्मा, वरिष्ठ खेलप्रेमि उपेन्द्र थापा लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ । कर्नालि प्रदेश खेलकुद बिकास परिषदले पनि जिल्लामा तेक्वान्दो संघ गठनका लागि सहयोग गर्ने बताइएको छ ।
कालीकोट जिल्ला संयोजक गोगन कुमार बिकले आफुले कालीकोट जिल्लामा तेक्वान्दो संघ गठन गरेर खेल क्षेत्रका लागि गतिविधि अघि बढाउने बताएका छ्न ।
Discussion about this post