देशकै नमुना काम गर्ने सुचिमा रास्कोट र पचालझरना

7
SHARES
15
VIEWS

कालीकोट ।स्थानीय तहको निर्वाचन पछि उत्कृष्ट काम गर्ने धेरै जनप्रतिनिधि भएपनी पछि सम्म इतिहास कायम गर्ने भनेका कमै छन ।

त्यस मध्ये कालीकोटका दुई स्थानीय तहले नमुना काम गरेका छ्न ।रास्कोट नगरपालिकाले युबालाइ श्रम बैंक स्थापना गरेर रोजगारी दिन सफल भएको छ भने पचालझरना गाउँ पालिकाले किसानलाई गोठालो भत्ता दिएर नमुना काम गरेको छ । देशै भरी नगरेको रास्कोट र पचालझरना गाउँ पालिकाले इतिहास रच्न सफल भएका हुन ।रास्कोटको नमुना काम दैलेख लगाएतका १० जिल्लामा शुरु गरेको रास्कोट नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भयो । रास्कोटमा बिकाश निर्माणका सबै काम श्रम बैंकमा आवद्ध युबाहरुले गर्दै आएका  छन । 

पचालझरना गाउँ पालिकाले शुरु गरेको गोठालो भत्ता कर्नाली प्रदेश सरकारले समेत शुरु गर्नुका साथै विभिन्न जिल्लामा लोकप्रिय रहदै आएको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले किसानहरुको आयआर्जन गर्ने पेशा पशुपालन भएकाले पचालझरनामा बनजंगल प्रसस्त हुनु र किसानलाइ प्रोत्साहन हुने भएकाले गोठालो भत्ता शुरु गरेको र यो आगामी दिनमा निरन्तरता दिइने बताउनु भयो । मासिक रुपमा पचालझरना गाउँ पालिकाले १ हजार देेेेखि ३ हजार सम्म वर्गीकरण गरेर गोठालो भत्ता बैंक खातामा जम्मा गर्दै आएको छ ।

कर्नाली प्रदेशले बैंक खाता छोरीको,सुरक्षा जिबनभरीको कार्यक्रम शुरु गरेर छोरी जन्मने बित्तिकै ५ सय रकम मासिक ब्यबस्था गर्ने र सो रकम २० वर्ष पछि मात्र झिक्न पाउने नितिका साथै उच्च शिक्षा अध्ययन गरेको हुनु पर्ने नीति बनाएको छ ।यस अघि जुम्ला जिल्लाको हिमा गाउँ पालिकाले एक बच्चा एक बैंक खाता संचालन गरेको छ भने सुर्खेतको बिरेन्द्र नगरपालिकाले एक घर एक बिरुवा अभियान शुरु गरेको बताइएको छ ।

कुन स्थानीय तहले के काम गरे सुचि सहित
अध्यक्ष सङ्ग सुत्केरी कार्यक्रम = म्याग्दे गापा तनहुँ
उपाध्यक्ष कोशेली कार्यक्रम = शिबराज गापा बैतडी
एक सुत्केरी २ केजि घिउ कार्यक्रम = कमलामाइ नपा सिन्धुली
मेयर दिर्घायु कार्यक्रम = टोखा नपा काठमाडौ
गाउँ फर्क प्यारा प्यारी = महाशिला गापा पर्बत
बुहारी गाउँ फर्क अभियान = बिगु गापा दोलखा
एक गाउँ एक पोखरी – धनकुटा
एक वडा एक ताल – घोराही उ प म हा नपा
एक वन एक पोखरी – बुटवल उ प म हा न पा
मेयर सङ्ग कृषि कार्यक्रम – इटहरी उ प म हा न पा
मेयर कृषि कार्यक्रम – बर्दिबास न पा महोत्तरी
एक विद्यार्थी एक ल्यापटप – मुस्ताङ
एक शिक्षक एक ल्यापटप – महाशिला गा पा पर्वत
एकल पुरुषलाई वृद्वभत्ता दिने – हेलम्बु गा पा
५० वर्ष नागेका एकल पुरुषलाई वृद्वभत्ता दिने – मेगौली न पा बैतडी
एक विद्यार्थी एक घर , एक बोट एक ओखर – धौलागिरी गा पा म्यादी
एक घर एक बिरुवा – विरेन्द्रनगर
एक फलफूल को बोट रु १० को नोट -इच्छामनकामना गा पा चितुवन
भैसिलाइ सुत्केरी भत्ता दिने – सल्यान बाघचौर
गाईलाइ सुत्केरी भत्ता दिने -रत्ननगर चितुवन
गरिब सङ्ग नगरपालिका बेलवारी न पा मोरङ
किसानलाई पेन्सनको व्यवस्था गर्ने – बुढिगङ्गा न पा बाजुरा
गोठालो लाई सामाजिक भत्ता दिने – पचालझरना गा पा कालीकोट
शून्य होम डेलिभरी मालिका गा पा गुल्मी
स्मार्ट कृषि गाउँ कार्यक्रम -लुम्बिनि प्रदेश
एक विधालय एक नर्स प्रदेश ३
बेटि पढाउ बेटि बचाउ – प्रदेश २
हरित प्रदेश अभियान – प्रदेश २
म अघि बढ्छु – प्रदेश १
विद्यालयमा एक दिन , कक्षाकोठामा एक दिन – प्रदेश ५
एक बच्चा एक बैंक खाता- हिमा गा पा जुम्ला
जनताको अपेक्षा , मेयर को शुभेच्छा -रामपुर गा पा पाल्पा
आफ्नो नगर गित सार्वजनिक गर्ने -तिल्लोतम्मा न पा रुपन्देही
लगानी सम्मेलन गर्ने – तिल्लोतम्मा न पा रुपन्देही
श्रम रोजगार कार्यक्रम संचालन गर्ने – रास्कोट न पा कालिकोट
बीउ एटम , पानी एटिएम- ललितपुर म हा न पालिका र बैंक खाता छोरीको सुरक्षा जीवन भरिको – कर्नाली प्रदेश

विवरण प्रकाश आश्चर्यको फेसबुक बाट)

यो पनि पढ्नुहोस :

पचालझरना गाउँ पालिकाका १२ नमुना काम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित