देश निर्वाचनमा गयो,सबै कार्यक्रता अभिनायत्मक रुपमा अघि बढौं -प्रचण्ड

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले जेष्ठ महिना भित्र निर्वाचन हुने बताउदै सबै कार्यक्रताहरुलाई अभियात्मक रुपमा अघि बढ्न निर्देशन दिनु भएको छ ।

कर्नालि प्रदेश स्तरिय भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फागुन,चैत्र र बैशाख यि तिन महिने निर्वाचन केन्द्रित योजना बनाई अघि बढ्न र सिंगो कर्नालिमा एकल बहुमत ल्याउने गरी युद्धस्तरमा लाग्न अनुरोध गर्नु भएको छ । सो बैठकमा कर्नालि प्रदेशका १० जिल्लाका संयोजकहरुले पछिल्लो गतिविधिका बारेमा रिर्पाेट प्रस्तुत गरिएको थियो ।

सो बैठकमा कर्नालि प्रदेश कमिटि अध्यक्ष विमला केसीको अध्यक्षता तथा पुष्पकमल दाहाल(प्रचण्ड)को प्रमुख आतिथ्यतामा अर्थमन्त्रि जनार्दन शर्मा,कर्नालि प्रदेश इन्चार्ज शक्ति बस्नेत लगाएतका नेताहरुको सहभागित रहेको थियो । कर्नालि प्रदेशमा नेकपा(माओवादी केन्द्र)को बाहुल्यता रहेको बताउदै समाजवादी आधारकिल्लाका रुपमा कर्नालि अघि बढ्ने आशा पार्टी लिएको बताउदै अध्यक्ष प्रचण्डले एमसिसि निर्वाचन पछि मात्र छलफलको विषय वस्तु बनाउने कुरामा गठबन्धन दलहरु विच छलफल जारी रहेको बताउनु भएको छ ।

पार्टी भित्र गुटबन्दि नभई वस्तुवादी ढंगले परिस्थितिको मूल्यांकन गरेर निर्वाचन केन्द्रित योजना बनाई बलियो उम्मेद्धार छान्ने कुरा शुरु गर्न समेत कार्यक्रतालाई निर्देशन समेत दिनु भएको छ ।

त्यसै गरी अर्थमन्त्रि जनार्दन शर्मा(प्रभाकर)ले कर्नालि विगतको आधारकिल्ला हो र भावि दिनमा पनि आधारकिल्ला बनाउने बताउदै समाजवादका भु्रणहरुको स्थापना गरी विकास निर्माणका काम देखि अन्य काम कार्वाहीहरुको व्यवस्थापन गरेर वडा देखि जिल्ला सम्मका मतदाताको विवरण एकिन गर्न समेत सबै कार्यक्रतालाई निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित