बिप्लव नेकपाले फेरि थाल्यो माल्कोट-रुप्सा सडक निर्माणको काम

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्लाको माल्कोट देखि रुप्सा सडक निर्माणको काम शुरु गरेको छ ।नेकपाका प्रबक्ता प्रकाण्डको गाउँ माल्कोट देखि रुप्सा सम्मको २१ किलोमिटर सडकको काम शुरु गरेको बताइएको छ ।

एक कार्यक्रमका बिच नेकपाका केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी( बिराट)को उपस्थितिमा काम शुरूवात गरिएको बताइएको छ । नेकपाका प्रबक्ता प्रकाण्डका छोरा इन्जिनियर नरेन्द्र बिक सहितको टोलिले कामको थालनी गरेको नेकपा कालीकोटका सेक्रेटरी मनिलाल ऐडी(रणदिप)ले बताएका छ्न ।

यस अघि खुलालु हुँदै माल्कोट सडक खण्डमा काम शुरु गरेर ६ किलोमिटर सडक निर्माण गरेको नेकपाले प्रतिबन्ध पछि बन्द रहेको थियो । अहिले स्थानीय सरकारलाइ चुनौती दिदै पुन कामको शुरूवात गरेको बताइएको छ ।केही समय गृहजिल्ला आइपुगेर जनअस्पताल देखि अन्य बिकाश निर्माणका कामको थालनी गर्ने घोषणा गरेका प्रबक्ता प्रकाण्डले पहिलो चरणमा सडकको काम शुरूवात गरेको बताइएको छ ।

सहिद मार्ग नाम दिएको २१ किमि सडक ६ महिना भित्र सम्पन्न गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित