माओवादी केन्द्र कालीकोट : को होला संयोजक र सचिव ?

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)ले स्थानिय स्तर देखि महाधिवेशन सम्पन्न गरेपनि जिल्ला समन्वय समितिका लागि भने हाल सम्म कुनै पहल गरेको छैन । पछिल्लो समय राष्ट्रिय महाधिवेशन पछि गाउँ फर्केका नेताहरु जिल्ला समन्वय समितिको नेतृत्वका लागि चर्चा शुरु भएको छ । हाल सम्म जिल्लाको संयोजकको जिम्मेवारी सम्हाल्दै आएका धनजित शाही (आदर्श) कर्नालि प्रदेश कमिटिको सचिवका लागि सिफारिस भएपछि कालीकोट जिल्लाको संयोजकका लागि आधा दर्जन बढि नेताहरुको चर्चा हुन थालेको छ ।

कालीकोट जिल्लामा जिल्ला संयोजकका लागि लक्ष्मि चौलागाई(शैलेन्द्र),जनकनाथ योगि(भुमि),गणेश बहादुर शाही(आकाश) र खडगराज सेजुवाल(विश्वप्रकाश)को चर्चा हुन थालेको छ । जिल्ला समन्वय समितिको सचिवमा डम्बर बहादुर शाही(डिवि),कालि बहादुर महतारा(रविन्स) लगाएतका नेताहरु आकाक्षि रहेका छन । जनकनाथ योगि र काली बहादुर महतारा प्रदेश कमिटी सदस्य छैनन भने अरु सबै आकांक्षी प्रदेश कमिटी सदस्य रहेको बताइएको छ ।

त्यसै गरी यस अघि जिल्लाको नेतृत्व सम्हाल्दै आएका पूर्व अध्यक्ष तथा संघिय सांसद दुर्ग बहादुर रावत,पूर्व जिल्ला इन्चार्ज जिवन बुढा अहिले भुमिका विहिन अवस्थामा रहेका छन । उनि सहित जनकनाथ योगि पनि न त प्रदेश कमिटिमा छन न त केन्द्रिय कमिटिमा ? जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएको केन्द्रिय सदस्य महेन्द्र बहादुर शाही संगै महिलाबाट यशोदा न्यौपाने(पूर्णिमा),दलितबाट विष्णु विक(विकल्प)केन्द्रिय सदस्य रहेका छन ।

अहिले जिल्ला संयोजक र जिल्ला सचिवका लागि पार्टी जिल्ला समन्वय समितिको बैठकमा आधारभुत रुपमा छलफल हुने नेताहरुको भित्रि रुपमा छलफल चलिरहेको बुझिएको छ । पार्टी श्रोतका अनुसार एक थरीले निर्वाचन पछि जिल्लाको नेतृत्व फेरबदल गर्ने र अहिले साविककै जिम्मेवारीलाई कायम राख्दै अघि बढ्ने छलफल भइरहेको छ भने अर्काे थरीले लामो समय गुपचुपमा राख्नु भन्दा जिल्लाको फर्मेशन घोषणा गर्नु पर्नेमा जोड दिदै आएको बताइएको छ । कालीकोट जिल्ला समन्वय समितिको बैठक शनिबार बस्ने भएको छ ।

बैठकका लागि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज महेन्द्र बहादुर शाही,कर्नालि प्रदेश कमिटि अध्यक्ष विमला केसी कालीकोट आइपुगेको बताइएको छ । त्यसका साथै अन्य नेता तथा प्रदेश कमिटि सदस्यका साथै जिल्ला समन्वय समितिका सदस्यहरु सदरमुकाम मान्ममा आउने क्रम जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित