कालीकोट। कर्नालि प्रदेश सरकारले जुम्लामा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउनु भएको हो । मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटनमा पठाउनु भएको छ ।
शनिवार परेको हिमपातले जुम्लामा ५५ जना हिंउमा फसेपछि स्थानिय र पालिका सरकारको आग्रहमा हेलिकप्टर पठाइएको बताइएको छ ।
Discussion about this post