माओवादी केन्द्र कालीकोट जिल्ला समन्वय समितिको बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटको बैठक शुरु भएको छ ।कालीकोट जिल्ला समन्वय समितिका संयोजक धनजित शाही(आदर्श)को अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा शुरु भएको बैठकमा कालीकोट जिल्लाका स्थानिय तहका अध्यक्ष,उपाध्यक्ष सहित सचिवहरुको उपस्थितिमा बैठक शुरु भएको बताइएको छ ।

उक्त बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य विष्णु विक(विकल्प)यशोदा न्यौपाने(पूणिामा),लेखा आयोगका केन्द्रिय सदस्य काशिचन्द्र बराल, कर्नालि प्रदेश कमिटि अध्यक्ष विमला केसी,संघिय सांसद दुर्ग बहादुर रावतको उपस्थिति रहेको छ । सो बैठकले जिल्ला समन्वय समिति कालीकोटका लागि २६ जना मनोनित गर्नुका साथै जिल्ला संयोजक र सचिव समेत छनोट गर्ने बताइएको छ ।

यस अघि प्रदेश कमिटि सदस्य र पालिका अध्यक्षहरुको उपस्थितिमा भएको बैठकले पदाधिकारी छनोटको गृहकार्य गरेको बताइएको छ । उक्त बैठकमा आधा दर्जन बढि नेताहरुले जिल्ला संयोजक र सचिवमा आकांक्षा राखेको बताइएको छ ।

जसमा जिल्ला संयोजकमा लक्ष्मि चौलागाई,सरोज बोगटी,गणेश बहादुर शाही,खडगराज सेजुवाल रहेको छन भने जिल्ला सचिवमा अनन्त विक,देवराज शाही,जगत शाही,कालि बहादुर महतारा,अग्र विष्ट,तुलराज विक,महेन्द्र शाही लगाएतका नेताहरु रहेको माओवादी केन्द्र कालीकोटले जनाएको छ । आगामि निर्वाचन संबन्धि रणनिति तय गरी तिन महिने अभियान संचालन गरेर स्थानिय निर्वाचन सफल पार्ने तयारीमा निणर्य गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित