माओवादी कालीकोटले जिम्मेवारी तोक्यो, संयोजकमा शैलेन्द्र, सचिवमा अग्नि

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) कालीकोटको बैठकले जिल्ला संयोजक र सचिव छनोट गरेको छ ।

जिल्ला समन्वय समिति कालीकोटको बैठकले जिल्ला संयोजकमा लक्ष्मि चौलागाई(शैलेन्द्र) र सचिवमा देवजंग शाही(अग्नि)लाइ छनोट गरेको छ । जिल्ला संयोजकमा सरोज बोगटी(विपिन),खडगराज सेजुवाल(विश्वप्रकाश),जनकनाथ योगि(भुमि),गणेश शाही(आकाश) र सचिवमा डम्बर शाही,अनन्त विक(राजेश) लगाएतका ८ जनाको आकांक्षि रहेको भएपनि पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाही र प्रदेश कमिटि अध्यक्ष विमला केसीको उपस्थितिमा जिल्ला समन्वयका अधिकांस सदस्यहरुको असहमतिका बाबजुद जिम्मेवारी घोषणा गरिएको हो ।

उक्त बैठकले कालीकोट निर्वाचन क्षेत्र (क)को इन्चार्जमा गंगा खड्का,संयोजकमा रतन शाही(आशुंतोष) र सचिव सर्पराज सिंहलाई छनोट गरेको छ भने क्षेत्र नम्बर (ख)का लागि इन्चार्ज डम्बर शाही, संयोजक खडगराज सेजुवाल,सचिवमा जगत शाहीलाई घोषणा गरिएको हो ।

पालिका इन्चार्जहरुमा पलांतामा अनन्त विक(राजेश)पचालझरना गाउँ पालिकामा तारा न्यौपाने,रास्कोट नगरपालिकामा विष्णु बराल(विजय),सान्नित्रिवेणि गाउँ पालिकामा सहमति भएको छैन भने नरहरिनाथ गाउँ पालिकामा अग्र विष्ट(सुनिल)शुभकालिकामा जय बहादुर महतारा(अटल), महाबै गाउँ पालिकामा खेम बहादुर सिंह(भिजन),तिलागुफा नगरपालिकामा रतन बम(सागर),खांडाचक्र नगरपालिकामा सरोज बोगटी(विपिन)लाई जिम्मेवारी दिएको जिल्ला सचिव देवराज शाहीले बताउनु भएको छ । वहाँका अनुसार जिम्मेवारीका बारेमा केही साथिहरुको असहमति भएको समेत बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित