सिंह शाही सहकारीको रास्ट्रीय प्रतिभा हो – नगर प्रमुख बराल

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय लेखा आयोग सदस्य तथा रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले हिमचुली कृषि सहकारी संस्था लिका सहायक ब्यबस्थापक सिंह बहादुर शाहीको निधनले सहकारी यात्रामा ठुलो क्षती पुगाएको बताउनु भएको छ ।
मंगलबार जन्मघर महाबै ६ गेलामा आयोजना गरेको स्वर्गीय सिंह बहादुर शाहीको १३ औ दिनको पुण्य तिथिको अवसरमा श्रदान्जली कार्याक्रममा बोल्दै सहकारी महासंघका पुर्ब संचालक तथा नगर प्रमुख बरालले सिंह शाही सहकारी क्षेत्रका लागि रास्ट्रीय प्रतिभा भएको बताउदै हिमचुली कृषि सहकारी संस्थाका लागि खेलेको भुमिका अतुलनीय रहेको र शाहीले सोचेका सपनाहरु पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
साथै उक्त श्रदान्जलि कार्यक्रममा हिमचुली कृषि सहकारी संस्थाका सचिब सरोज बोगटी र अध्यक्ष काली बहादुर महताराले समबेदना मन्तब्य ब्यक्त गर्दै संस्थाले मृतक शाहीका छोराछोरीलाई उच्च शिक्षाका लागि संस्थाले ब्यबस्थापन गर्ने बताउदै सिंह शाही स्मृति अक्षयकोष स्थापना गर्ने बताउनु भएको थियो ।
श्रदान्जली कार्यक्रममा आमा सेतुकला शाही र बुवा लाल बहादुर शाहीले एक छोरा मरेर गएपनी सहकारी संस्थाका तमाम छोराहरु रहेको बताउनु भएको छ । हिमचुली कृषि सहकारी संस्था लि ले स्वर्गीय सिंह बहादुर शाहीको १५ औं दिनको अवसरमा माघ २७ गते जिल्ला सदरमुकाम लगाएत जिल्लाका नौ वटै सेवा कार्यालयमा श्रदान्जली कार्यक्रम राखेको जनाएको छ ।
स्वर्गीय शाहिको माघ १४ गते हिमचुली कृषि सहकारी सस्था लिको निर्माणधिन भवनको छतबाट लडेर निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित