स्वर्गिय सिंह बहादुर शाहीको आज जिल्ला भर श्रदान्जलि गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.का सहायक व्यवस्थापक सिंह बहादुर शाहीको १५ औ दिन पूण्य तिथिको अवसरमा संस्थाले कालीकोट जिल्लाभर श्रदान्जलि कार्यक्रम राखेको छ ।

संस्थाको केन्द्रिय कार्यालयका साथै जिल्लाका विभिन्न ठाउँमा रहेका ९ वटै सेवा कार्यालयमा एक साथ श्रदान्जलि कार्यक्रम गर्ने बताइएको छ ।

संस्थाका अध्यक्ष कालि बहादुर महताराका अनुसार संस्थाको ११ वर्ष सम्म कार्यरत सहायक व्यवस्थापक सिंह बहादुर शाहीको माघ १४ गते निधन भएको र धर्मकर्म अनुसार १३ औं दिनको पूण्य तिथि घरमा सम्पन्न भएपछि संस्थाले विहवार जिल्ला भर श्रदान्जलि कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।

संस्थाले मृतक शाहीका छोरा छोरीको लागि उच्च शिक्षा अध्ययनमा व्यवस्थापन गर्ने र सिंह शाही स्मृति अक्षयकोषको समेत स्थापना गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित