जिल्लाका १० ठाउँमा एकै साथ सिंह बहादुर शाहीको श्रदान्जलि

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.का सहायक व्यवस्थापक सिंह बहादुर शाहीको १५ दिनको पूण्यतिथिको अवसरमा संस्थाले जिल्लाका १० ठाउँमा श्रदान्जलि कार्यक्रम गरेको छ ।

संस्थाका संरक्षक तथा रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र बराल, संस्थाका अध्यक्ष कालि बहादुर महतारा लगाएतका पदाधिकारी सहित जिल्ला समन्व्य समिति कालीकोटका प्रमुख अनिपाल शाहीको उपस्थिति सहित जिल्ला सदरमुकाम मान्ममा श्रदान्जलि कार्यक्रम गरिएको हो ।

संस्थाका अध्यक्ष काली बहादुर महताराले स्वर्गिय सिंह बहादुर शाहीको जिवनि पढेर श्रदान्जलि कार्यक्रममा संस्था प्रति गरेका कामको बारेमा जानकारी दिनु भएको थियो भने जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले सिंगो सहकारीको नेतृत्वको दुखद निधनले संस्था र सामाजिक क्षेत्रमा ठुलो क्षेति पुगेको बताउनु भएको छ  ।

त्यसै गरी संस्थाका संरक्षक तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले वित्तिय क्षेत्रमा विज्ञका रुपमा लिएका आशा र भरोशाका केन्द्रविन्दु सिंह बहादुर शाहीको निधनले समग्र सहकारी अभियान विच बाटोमा रहेको बताउनु भएको थियो । सहकारी संस्थाको विकासका लागि खेलेको भुमिका र आगामि दिनमा अधुरा सपना पुरा गर्नेमा आफुहरु प्रतिवद्ध रहेको बताइएको छ ।

संस्थाले २ लाखको सिंह स्मृति अक्षय कोषको स्थापना गर्ने बताइएको छ भने दुर्घटना विमा वापत २० लाखको प्रक्रिया अघि बढेको बताइएको छ । कालीकोट जिल्लाका ९ वटा सेवा कार्यालय पादमघाट,पिलि,गाल्जे,रास्कोट,मेहलमुडी,कुमालगाउँ,जारकोट र थिर्पु सेवा कार्यालयमा पनि श्रदान्जलि कार्यक्रम गरिएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित