नेकपा(माओवादी केन्द्र) पचालझरनाको तेस्रो पूर्ण बैठक सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र)को तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विकको अध्यक्षता तथा जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)को प्रमुख आतिथ्यता,जिल्ला सचिव देवराज शाही(अग्नि), कर्नालि प्रदेश कमिटि सदस्यहरु खडगराज सेजुवाल(विश्वप्रकाश),पचालझरना गाउँ कमिटि इन्चार्ज तारा न्यौपाने(साधना),महिला संगठन कालीकोट जिल्ला इन्चार्ज तथा प्रदेश कमिटि सदस्य अल्किना बम लगाएतका नेताहरुको उपस्थितिमा भएको बैठकले आगामी हुने स्थानिय तहको निर्वाचनमा पचालझरना गाउँ पालिकामा भारी मतले विजय गराउन सबै संघसंगठन एक ढिक्का भएर लाग्न निणर्य भएको बताइएको छ ।

बैठकका प्रमुख अतिथि शैलेन्द्रले पचालझरना हिजो पनि माओवादीको आधारकिल्ला भएको र आगामि दिनमा पनि लालकिल्लाको पहिचान दिने बताउदै कार्यक्रताहरुले गाउँ गाउँमा अभियान संचालन गर्न निर्देशन दिनु भएको बताइएको छ ।

बैठकमा सहभागि अतिथिहरुले माओवादी केन्द्रको नेतृत्वमा पचालझरना गाउँ पालिकामा गरेका राम्रा कामको प्रचार प्रसार गर्न आगामी बैशाख ३० गते हुने् स्थानिय तहको निर्वाचन केन्द्रित भएर लाग्न कार्यक्रतालाई निर्देशन दिएको बताइएको छ । बैठकमा नेकपा(माओवादी केन्द्र)पचालझरना गाउँ कमिटी सल्लाहकार नरेन्द्र शाही, कलाकार स्वर्णिम शाही,माओवादी नेता भानुभक्त संज्याल लगाएतका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित