अखिल(क्रान्तिकारी)को १३ औं जिल्ला सम्मेलनको तयारी पुरा

7
SHARES
15
VIEWS

कालीकोट । अनेरास्वयिू(क्रान्तिकारी) कालीकोटको १३औं जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । २७ औं जनयुद्ध दिवसको अवसरमा कालीकोटको खांडाचक्र नगरपालिकाको मान्ममा आयोजना गरिएको जिल्ला सम्मेलनका लागि प्रचार प्रसार तथा व्यवस्थापन तिव्र पारिएको छ ।

अखिल(क्रान्तिकारी) कालीकोटका संयोजक मनसिंह शाहीका अनुसार जिल्ला सम्मेलनमा आयोजक समितिले सबै तयारी पुरा गरेको बताउदै संगठनका केन्द्रिय अध्यक्ष पञ्चा सिंहको उपस्थितिमा समुद्घाटन हुने् जिल्ला सम्मेलनमा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज महेन्द्र बहादुर शाही लगाएतका नेताहरुको उपस्थिति रहने बताइएको छ ।

जिल्ला सम्मेलनमा अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य भिम प्रसाद आचार्य लगाएतका नेताहरुले मंच व्यवस्थापन देखि झण्डा, व्यानर लगाएतका सामाग्रि टांस गरेर झकिझकाउ बनाएको बताइएको छ । कालीकोट जिल्लाका लागि अखिल(क्रान्तिकारी कालीकोटले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

जिल्ला सम्मेलनमा अध्यक्षका लागि आधा दर्जन बढि विद्यार्थि नेताहरु आकांक्षि रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित