माओवादी केन्द्रले वाइसिएललाई निर्वाचनमा स्वयंम सेवक परिचालन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटले स्थानिय तहको निर्वाचनमा वाइसिएललाई स्वंयमसेवकका रुपमा परिचालन गर्ने भएको छ । भर्खरै बसेको जिल्ला समन्व्य समितिको बैठकको निणर्य अनुसार आज बसेको वाइसिएल कालीकोटको बैठकले उक्त निणर्य गरेको हो ।

शनिवार जिल्ला सदरमुकाम मान्ममा संगठनका जिल्ला संयोजक हस्त शाहीको अध्यक्षता तथा माओवादी केन्द्र कालीकोटका संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र),सचिव देवराज शाही(अग्नि) र वाइसिएलका केन्द्रिय सदस्य तथा कर्नालि प्रदेश संयोजक गणेश शाही सहितका नेताहरुको उपस्थितिमा बसेको दोस्रो विस्तारित बैठकले सबै स्थानिय तहका मतदान केन्द्रमा स्वंयमसेवकका रुपमा परिचालन गर्ने र सो भन्दा अघि स्थानिय स्तरमा नेकपा(माओवादी केन्द्र)लाई विजय गराउन पार्टी संगै अभियानात्मक रुपमा लाग्न वाइसिएल अघि बढ्ने बताइएको छ ।

जिल्ला संयोजक शैलेन्द्रले आगामि निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यक्रतालाई अनुरोध गर्नु भएको बैठकमा सहभागि राज बहादुर बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित