विश्वमा आधा बढी संक्रमित निको भए

7
SHARES
15
VIEWS

काठमाडौं,असार । कोभिड महामारीबाट संक्रमित भएका मध्ये आधा बढी निको भएका छन्। विश्वमा ७९ लाख ८४ लाख बढी संक्रमित भएको मध्ये ४१ लाख बढी संक्रमित निको भएका छन्।

अर्थात्, संक्रमित मध्ये ५१.३७ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन्। सवैभन्दा बढी संक्रमित भएको अमेरिकामा आठ लाख ६७ हजार बिरामी निको भएका छन्। अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख नाघेको छ भने एक लाख १७ हजारको मृत्यु भएको छ। अमेरिका सवैभन्दा बढी संक्रमित, मृत्यु हुने र निको हुने मुलुक बनेको छ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा आठ लाख ६७ लाख संक्रमित मध्ये ४३ हजारको मृत्यु भएको छ भने चार लाख ३७ हजार संक्रमित निको भएका छन्। तेस्रो स्थानमा रहेको रुसमा पाँच लाख २८ हजार संक्रमित मध्ये दुई लाख ८० हजार निको भएका छन्। रुसमा सात हजार नजिक संख्याका संक्रमितको मृत्यु भएको छ।

बढी संक्रमित भएको मुलुक भारतमा तीन लाख ३३ हजार संक्रमित भएका छन् भने एक लाख ५३ हजार बिरामी निको भएका छन्।

नेपालमा भने संक्रमित संख्याको तुलनामा निको हुने संख्या अन्य मुलुक भन्दा निकै कम छ। ५७६० संक्रमित पुष्टि भएकोमा नेपालमा ९७४ बिरामी मात्रै निको भएका छन्। कालीकोटमा शनिवार मात्रै २५जना कोरोना बाट मुक्त भइ घर फर्किएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित