कालीकोटका सबै स्थानीय तहमा जनयुद्ध दिवस उल्लासमय तरिकामा मनाइदै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले जिल्लाका विभिन्न ठाउँमा जनयुद्ध दिवश मनाएको छ । जिल्ला सदरमुकाम मान्ममा अखिल( क्रान्तिकारी) कालीकोटको १३ जिल्ला सम्मेलन उद्घाटन गर्दै जनयुद्ध दिवश मनाइएको छ भने जिल्लाका ग्रामिण क्षेत्रमा पनि जनयुद्ध दिवश बिबिध कार्यक्रम सहित मनाइएको छ । जिल्लाको पचालझरना,रास्कोट लगाएतका ठाउँमा झांकी सहितको समुदायको उपस्थितिमा जनयुद्ध दिवश मनाइएको हो । पचालझरनाको पणेक्षामा जनयुद्ध दिवश मनाइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष तथा नेकपा( माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य खड्गराज सेजुवाल र पचालझरना गाउँ कमिटी इन्चार्ज तारा न्यौपानेको उपस्थितिमा शुरु भएको कार्यक्रममा बक्ताहरुले जनयुद्धको बलमा गणतन्त्र आएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको बताएका छ्न ।पचालझरना गाउँ पालिका वडा नम्बर ५ बाट नेपाली कांग्रेसका पुन्न आचार्य,बिस्णा शाही र धर्मलाल आचार्य माओवादी केन्द्रमा प्रवेश गरेका छ्न । नव प्रबेशिलाइ पचालझरना अध्यक्ष खड्गराज सेजुवाल लगाएतका नेताले स्वागत गरेका छ्न । जनयुद्ध दिवशम पचालझरनाका गाउँ गाउँ बाट देउडा खेल प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित