कालीकोट । नेकपा( माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तथा पुर्ब अखिल(क्रान्तिकारी)का नेता खेम बहादुर सिंहले प्रतिगामी शक्ति सलबलाउन थालेकाले फेरी लडाइ लड्ने दिन आएको बताउनु भएको छ । अखिल (क्रान्तिकारी)कालीकोटको १३ औं जिल्ला सम्मेलनको शुभकामना मन्तब्य दिदै नेता सिंहले जनयुद्धका उपलब्धिको रक्षा गर्दै यदि देशमा जनयुद्ध नभएको भए देशमा संघीयता,धर्म निरपेक्षता र समाबेसी राज्य ब्यबस्था कल्पना समेत गर्न नसकिने दाबी गर्नु भएको छ । अखिल(क्रान्तिकारी)कालीकोटले २७ औं जनयुद्ध दिवशका अवसरमा अखिल(क्रान्तिकारी)कालीकोटले १३ औ जिल्ला सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा संगठनका केन्द्रिय अध्यक्ष पंचा सिंह लगाएतका नेताहरुको उपस्थिति रहेको छ ।
Discussion about this post