माओवादी आन्दोलन न्याय स्वतन्त्रता र जनजिविकाको उपज हो-पञ्चा सिंह

7
SHARES
15
VIEWS

कालीकोट । अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष पञ्चा सिंहले २६ वर्ष पहिले नेपालमा संचालन भएको जनयुद्ध न्याय,स्वतन्त्रता र जनजिविकाको लडाई भएको बताउनु भएको छ । नेकपा(माओवादी)ले २७ औं जनयुद्ध दिवसका अवसरमा आयोजित अखिल(क्रान्तिकारी)कालीकोटको १३ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पञ्चा सिंहले नेपालमा जनयुद्ध शुरु गर्दा सबै दलहरुको बुद्धि आएको भए राजतन्त्र फाल्न १० वर्ष नलाग्ने बताउनु भएको छ ।

विद्यार्थि आन्दोलनका बारेमा बोल्दै केन्द्रिय अध्यक्ष सिंहले जहाँ राष्ट्रियता माथि हस्तक्षेप हुन्छ,जनता माथि ढाड सेक्ने काम हुन्छ त्यहाँ अखिल(क्रान्तिकारी) अघि बढेको दावि गर्दै युद्धकालमा सबैका छोरा छोरी अखिल(क्रान्तिकारी) भन्ने हेतुले स्थापित संघियता,धर्म निरपेक्षता, समाबेसि र लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र यसको रक्षाका लागि केवल अखिल(क्रान्तिकारी) मात्र लागि परेको जिकिर गर्नु भएको छ । गाउँ गाउँबाट कापि कलम बोकेर युद्धमा समाहित भएर राज्य व्यवस्था आएकाले यसको नेतृत्व पनि अध्यक्ष प्रचण्डले गर्नु भएको बताउदै नेता सिंहले आउने चुनावमा माओवादीलाई विजयि गराउन अपिल गर्नु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै सिंहले सबै भन्दा बढि राष्ट्रघात र देशको कानुन मिच्ने एमालेले देश १० वर्ष पछि धकेलेको आरोप लगाउदै आउने चुनावमा कानुन हातमा लिनेहरुलाई होइन जनताको पक्षमा राज्य व्यवस्थाप प्रति अडिग हुने एक मात्र पार्टी माओवादी भएकाले सबै देशभक्तहरुले माओवादीमा लामबद्ध भई विजयि गराउनु पर्नेमा जोड दिनु भएको छ । अखिल(क्रान्तिकारी) कालीकोटको १३ जिल्ला सम्मेलनमा विद्यार्थि नेता दिपेश पुन लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य काशिचन्द्र बराल,जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र) पूर्व विद्यार्थि नेता खेम बहादुर सिंह लगाएतका पार्टीका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको बताइएको छ । अखिल(क्रान्तिकारी) कालीकोटको १३ औं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित