अखिल(क्रान्तिकारी)को जिल्ला सम्मेलनको बन्द शत्र शुरु,जिल्ला संयोजक शाहीले प्रतिबेदन प्रस्तुत गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)निकट अखिल(क्रान्तिकारी)को १३ जिल्ला सम्मेलनको बन्द शत्र शुरु भएको छ ।शिक्षा,स्वास्थ्य,रोजगारीको ग्यारेन्टीका लागि आन्दोलन,२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो कार्यन्वयनका लागि १३ औं जिल्ला सम्मेलन भन्ने नाराका साथ उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंह,दिपेश पुन,माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य काशी बराल,कर्नाली प्रदेश कमिटी सदस्य धनजित शाही,जिल्ला संयोजक शैलेन्द्र,पुर्ब विद्यार्थी नेता खेम बहादुर सिंह,महेन्द्र शाही लगाएतका नेताहरुको सहभागितामा रहेको थियो । आजको बन्द शत्रले नयाँ नेतृत्व चयन गरिने बताइएको छ । बन्द शत्रमा पुर्ब जिल्ला संयोजक मनसिंह शाहीले विद्यार्थी आन्दोलनको ईतिहास र भाबी कार्यभारका बारेमा तयार गरिएको प्रतिबेदन प्रस्तुत भएको छ । आजको उद्घाटन शत्रमा विद्यार्थीका पुर्ब जिम्मेवारी नेताहरुलाइ कदर पत्र सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित