केम्पो खेलाडी जन्माउदै मंगल कर्नालि किनार (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । खेल क्षेत्रका माहिर मानिदै आएका खेलाडी हुन मंगल । पचालझरना गाउँ पालिकाका मंगल केम्पो खुकुरी मार्सल आर्ट संघका राष्ट्रिय कोचर हुन । केम्पो संबन्धि खेलमा उनको निकै रुचि छ । पहिलो पटक पचालझरनामा आफैले केम्पाो खुकुरी मार्सल सम्बन्धि तालिम शुरु गरेका छन ।

मार्सल आर्ट सम्बन्धि तालिमका लागि पचालझरना गाउँ पालिकाको जारकोट,पणेक्षा तथा भुराबगर लगाएतका कर्नालि किनारमा वालवालिकालाई प्रशिक्षण दिदै आएका छन । उनि आफु जस्तै राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ जनशक्ति उत्पादनमा जोड दिदै आएको बताएका छन । उनले स साना वालवालिकाहरुलाई खेल क्षेत्र प्रतिको रुचि चाहनालाई आत्मसाथ गर्दै दक्ष जनशक्ति बनाई राष्ट्रिय खेल क्षेत्रमा पहिचान कायम गर्न आफु लागि पर्ने बताए ।

पचालझरना गाउँ पालिकाका २० जना वालवालिकालाई विगत दुई साता देखि निरन्तर प्रशिक्षण दिदै आएका छन । केही दिन पहिले मार्सल आर्टमा प्रशिक्षण लिदै आएका खेलाडीहरुलाई पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले खुलकुद र पोशाकको सहयोग गरेका थिए ।

पचालझरना गाउँ पालिकाले खेल क्षेत्रमा सहभागि खेलाडीलाई विगत लामो समय देखि व्यवस्थापन गर्दै आएको छ भने गाउँ पालिकामा पहिलो पटक जिल्लाकै सबै भन्दा ठुलो राशिको पुरुस्कार सहित अध्यक्ष कप आयोजना गरेको थियो ।पचालझरना गाउँ पालिकाका खेलाडीहले जिल्लाका विभिन्न स्थानमा भाग लिएर पनि खेल क्षेत्रमा उच्च प्रदर्शनि गर्दै आएका छन ।

 

 

तिन साता अघि केम्पो खुकुरी मार्सल आर्ट सम्बन्धि तालिम संचालन भएपछि एसियालि अध्यक्ष पूर्ण पाण्डेले बधाइ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित