पचालझरनामा माओवादी केन्द्र निकट भातृ संगठनहरुको चुनाव केन्द्रित बैठक सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र) निकट भातृ संगठनको बैठक सम्पन्न भएको छ ।पचालझरना गाउँ पालिका स्थित अनेमसंघ(क्रान्तिकारी),नेपाल दलित मुक्ति मोर्चा,वाइसिएल र अखिल नेपाल किसान संगठनको छुट्टा छुट्टै बैठक भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका माओवादी केन्द्रका नेताहरुले उक्त जनवर्गिय संगठनको बैठकलाई सम्बोधन गरेका छन।युबा संगठन  वाइसिएलको बैठकमा पचालझरना गाउँ पालिका अध्यक्ष तथा माओवादी केन्द्र कर्नाली प्रदेश कमिटी सदस्य खडगराज सेजुवाल र अनरुप रोकायको उपस्थिति रहेको बताइएको छ । त्यसै गरी दलित मुक्ति मोर्चामा पचालझरना उपाध्यक्ष तथा माओवादी केन्द्र कर्नालि प्रदेश कमिटि सदस्य तारा न्यौपाने,पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विक(प्रमोद) र डम्मर टमट्टा सहभागि भएका थिए भने अनेमसंघ(क्रान्तिकारी)को छलफलमा संगठनको केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज अल्किना बम(वविता),करविर विक र मिना रावतले छलफल गरेका छन ।

अखिल नेपाल किसान संगठनमा माओवादी केन्द्र कालीकोटका जिल्ला सचिव तथा कर्नाली प्रदेश कमिटी सदस्य देवराज शाही(अग्नि) र प्रभुजन संज्याल(विचार) लगाएतका नेताहरुलाई कार्यविभाजन गरेर छलफल सहित आउदो बैशाखमा हुन लागेका स्थानिय निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउन सबैले स्थानिय स्तरमा लागि पर्ने निणर्य भएको बताइएको छ ।

सबै संघ संगठनले विगतमा पनि माओवादी केन्द्रलाई विजय गराएको र आगामि दिनमा पनि माओवादी केन्द्रको जित सुनिश्चित गराउन विशेष भुमिका निर्वाह गर्न सबै नेता तथा कार्यक्रतालाई निर्देशन दिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा पछिल्लो समयमा अन्य राजनैतिक दलहरुबाट सढ चार सय नेता तथा कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विक(प्रमोद)ले बताउनु भएको छ । स्थानिय तहको निर्वाचन २०७४मा पचालझरना गाउँ पालिकाका मुख्य प्रतिद्धन्द्धि नेपालि कांग्रेसका भानुभक्त संज्याल लगाएत नेताहरुको आगमनले माओवादी केन्द्र वलियो हुंदै गएको दावि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित