एकिकृत समाजवादीको विस्तारित बैठक,प्रदेश अध्यक्ष थापाले सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले) विभाजन पछि गठन भएको एकिकृत समाजावादी कालीकोटको चौथो विस्तारित बैठक शुरु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा जिल्लाका नेता तथा कार्यक्रताहरुको उपस्थितिमा विस्तारित बैठक शुरु भएको छ । बैठकले आगामि निर्वाचनलाई कसरी लिने र त्यसका लागि पार्टीले खेल्नु पर्ने भुमिकाका बारेमा प्रशिक्षण हुने बताइएको छ ।

बैठकलाई सम्बोधन गर्न कर्नालि प्रदेश अध्यक्ष अमरबहादुर थापाको प्रमुख आतिथ्यता तथा जिल्ला इन्चार्ज कुर्मराज शाही,सहइन्चार्ज विजया विष्ट, बरिष्ठ नेता तुलाराज विष्ट सहितका नेताहरुको उपस्थिति रहेको जिल्ला उपसचिव डबल बोगटीले बताउनु भएको छ । जिल्ला कमिटिको चौथो बैठक तथा विस्तारित भेलाको अध्यक्षता जिल्ला अध्यक्ष विश्वराज बमले गर्नु भएको छ भने जिल्लाका सबै नेता तथा कार्यक्रताहरुको उल्लेखनिय उपस्थिति रहेको बताइएको छ ।

बैठकमा पालिकाको समसामयिक रिर्पाेट समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित