कालीकोट । एमसिसि राष्ट्रघाति भएको भन्दै विप्लव नेतृत्वको नेकपाले कालीकोट सदरमुकाम मान्ममा विरोेध प्रदर्शन गरेको छ ।विप्लव नेकपा कालीकोटले सदरमुकाम मान्ममा जनप्रदर्शन गर्दै विरोध जनाएको हो ।
विप्लव नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप),केन्द्रिय सदस्य कर्ण भण्डारी (विराट)लगाएतका नेताहरु सहभागि जनप्रदर्शनमा कार्यक्रताहरुले चर्का नारा लगाएका थिए ।
जनप्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारी (विराट)ले एमसिसि राष्ट्रघाति भएको थाहा पाउदा पाउदै दलाल सरकारका मतियारले जवरजस्त टेबल गरेको भन्दै आरोप लगाएका छन ।
Discussion about this post