विगत भन्दा फेरिएको पचालझरनाको“लाफा”

7
SHARES
15
VIEWS

कालीकोट ।संघिय संरचना पछि कालीकोटको पचालझरना गाउँ पालिकाको लाफा गाउँ विगत भन्दा फरक पहिचान भएको छ । कुनै समय विष्णुलाल न्यौपाने(हुलागि)को घर मात्र जस्ताले छाएको देख्न पाइने लाफा गाउँमा अहिले सबै घरमा जस्ताको छाना र घरघरमा खानेपानि धारा जडान गरिएका छन ।केराको राजधानि भनेर चिनिने लाफा गाउँमा धानको मात्र व्यापक रुपमा उव्जनि हुने गरेको बताइएको छ ।

उत्पादनका हिसावले अर्गानिक खाना पाइने लाफा कुनै समय खरका छाना निर्मित घरहरु मात्र रहेका थिए । स्थानिय तहको शुरुवात संगै पहिलो निशानामा रहेको पचालझरना गाउँ पालिकाले सबै भन्दा अघि खरको छाना मुक्त गाउँ बनाउन अभियान लाफाबाट शुरु गरेपछि पहिलेको तुलनामा रुपरंग फेरिएको छ । पहिले खरका छानामा रहेका घरहरु स्थानिय सरकारले जस्ता पाता उपलब्ध गराएपछि गाउँको मुहार नै फेरिएको स्थानियको भनाई रहेको छ । अहिले सबैका घरमा जस्ता पाताले छाएका छन ।

खरको छानाहरु क्रमश हटेको स्थानिय विष्णुलाल न्यौपानेले बताए । उनले भने पहिले गाउँमा आफुहरुको बाजेको पाला देखि खरको छानामा बस्दै आएका हामीहरुलाई जस्तापाता नचाहिने भनेको तर अहिले सबैले खरको छाना हटाउदै जस्तापाता सहित घरको संरचना समेत परिर्वतन गरेको बताए । त्यस्तै अर्का स्थानिय देविशंकर न्यौपानेले सबै कुरामा परिर्वतन आएको बताए । हामीहरुको गाउँमा( पणेक्षा)मा पालिका केन्द्र आउनुनै गाउँको शोभायमान बढ्दै गएको उनको भनाई रहेको छ । पहिलेको लाफालाई हेर्ने दृष्टिकोण बदलिएको न्यौपानेको भनाई रहेको छ ।

पचालझरना गाउँ पालिकाले पछिल्लो समयमा लाफाका सबै घरमा जस्तापाता उपलब्ध गराएको र विगत भन्दा अहिले गाउँलाई टाढाबाट हेर्दा बेग्लै पहिचान कायम गरेको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताएका छन । उनका अनुसार पहिलो स्थानिय तहको महत्वपूर्ण उपलब्धि भनेको नै खर मुक्त छाना र कृषकलाई गोठालो भत्ता भएको दावि गर्दै यस कार्यक्रमले देशभर सिको गर्ने अवस्था आएको बताउदै आगामि आउने पालिका सरकारको नेतृत्वले यस अघि गरेका राम्रा कामको निरन्तरता दिने विश्वास व्यक्त समेत गरेका छन ।

पचालझरना गाउँ पालिकाले जांदा जांदै पालिकामा गरेको राम्रो कामको सुचि सार्वजनिक गर्दै आगामि वर्षका लागि विशेष निति समेत अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित