पचालझरना विशेष: कार्यक्रताका कुरा सुन्दै माओवादी नेताहरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)पचालझरनाले गाउँ अभियान शुरु गरेको छ ।गाउँ पालिकाका उपलब्ध नेताहरु प्रत्येक वडामा पुगेर कार्यक्रताका कुरा सुन्न ब्यस्त रहेका छ्न । आइतबार पचालझरनाको कोटिलामा माओवादी केन्द्रका जिल्ला सचिब देबराज शाही,कर्नाली प्रदेस कमिटी सदस्य खड्गराज सेजुवाल,अल्किना बम,तारा न्यौपाने ,गाउँ कमिटी अध्यक्ष पौरख बिक,भानुभक्त संज्याल लगाएतका नेताहरुले कार्यक्रताका कुरा मख्ख परेर सुनेका छ्न ।जनयुद्ध दिवशको अवसरमा गाउँ अभियान थालेको माओवादी केन्द्र पचालझरनाले सहिद सप्ताहको अवसरमा १४ गते सहिद पार्क भुराबगरमा सहिद परिवारलाई सम्मान गर्ने बताइएको छ । त्यसै गरेर पचालझरनाका वडा नम्बर एक,दुइमा कार्यक्रता भेटघाटको कार्यक्रम राखिएको गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भएको छ । जनस्तरमा पालिका सरकारले गरेका कामका बारेमा समेत छ्लफल हुने गरेको र गरेका राम्रा कामको जानकारी र अपुग्ता रहेको बारेमा गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले स्पष्ट पारेको  बताइएको छ ।आगामी निर्वाचनमा पचालझरनामा माओवादी केन्द्रको बिजयी गराउन सबै लागि पर्न जिल्ला सचिब देबराज शाहिले सबै नेता तथा कार्यक्रतालाइ  निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित