प्रयोग बिहिन कालीकोटको ताडी वसपार्क

7
SHARES
15
VIEWS

कालीकोट ।सदरमुकाम हेर्दा सानो त्यही भित्रका घुचिमुची घरको सडक एउटा जिप हिड्दा मान्छे हिड्न कठिन छ । कालीकोट आफैमा भिरालो भएकै कारण यातायातका साधन सुचारु भए देखि ३/ ४ ठाउँमा घुम्ति वसपार्क भएका दसकौ बितिसकेको छ । अहिले सम्म खिचातानी कै कारण एक ठाउँमा वस पार्क छैन ।

ताडीमा लाखौ लगानी गरेर निर्माण भएको वसपार्क प्रयोग बिहिन भएको छ ।स्थानियको चर्को दबाब पछि ताडी वसपार्क सुचारु गर्न प्रशासन कार्यालयको पहलमा जिरोप्वइन्टबाट ताडी सारिएको थियो ।सजिसजावटका साथ रंगरोगन गरिएको वसपार्कमा नेताहरुको उपस्थितिमा उद्घाटन समेत भएको थियो ।तर अहिले भने प्रयोग बिहिन भएको छ।ताडी वसपार्क सुचारु नहुनुमा सरोकारवाला निकायको ठुलो कमजोरी भएको बताइएको छ । अहिले त्यस वसपार्कमा न त गाडी जान्छन न त कोहि काउन्टरवाला टिकट काट्न आउछ्न ? रङरोगन खेर जान थालेको स्थानीयले बताए ।

वस काउन्टर वरिपरि विद्युतको पोल ब्यबस्थापन गरिएका छ्न भने काउन्टरको नजिक बालुवा राख्न थालिएको छ । वस काउन्टरका बारेमा नेकपा(एमाले)का नेता तथा स्थानीय कृष्ण पाण्डेले नेता मन्त्री भन्दा पनि काउन्टरवाला ठुला बडा भएकै कारण वसपार्क सुचारु नभएको आरोप लगाउनु भएको छ । । पाण्डेले टिकट काट्ने मान्छे नआएपछी के को वसपार्क ?को मन्त्री आएर उद्घाटन भयो किन सुचारु भएन आफू अनबिज्ञ रहेको बताए ।जिरोप्वाइन्टको  सांघुरो सडक त्यही ठाउँमा पार्किङ गर्दै आएकोमा प्रहरी प्रशासन लगाएर बन्द गरिएको थियो । अहिले जिरोप्वाइन्टका पसलबाट टिकट काट्ने क्रम बढीरहेको स्थानीयले बताए ।काउन्टरवाला लुकिछिपि जिरोप्वाइन्टमा यात्रु संग सम्पर्क गरेर टिकट बितरण गरिदै आएको एक स्थानीयले बताए ।

तिला कर्णालि र मानव सरोवर यातायात व्यवसायिका कालीकोट टिकट काउन्टर इन्चार्ज खगेन्द्र खड्काले आफुहरुलाई जानकारी नदिएर जिरोप्वाइन्टमा भएका काउन्टरहरु एकाएक ताडी लिएर राखिएको बताउदै सयुक्त काउन्टर संचालन गर्न शुरु गरेपनि व्यवहार राम्रो नभएका कारण आफुहरुले ताडीबाट काम शुरु नगरेको बताउनु भएको छ ।खड्काका अनुसार आफुहरुले निर्माण गरेका काउन्टरको क्षतिपुर्ति दिनु पर्ने र बजार भित्र साना जिपहरु आवतजावत गर्न बन्देज गर्ने वातावरण भएपछि मात्र ताडीबाट टिकट काउन्टर संचालन गरिन्छन ।

अहिले यात्रुहरु कहाँ झर्ने निश्चित नभएको र काम गर्न कठिन भएकाले बजारबाट टिकट काट्ने काम भएको हो ।यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कालीकोटले पुन सुचारु गर्न पहल गर्ने बताएको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले ताडी वसपार्कबाट टिकट काउन्टर किन संचालन नभएको हो भन्ने बारेमा बुझ विस्तार गर्ने बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्मा गल्ति गर्नेलाई कार्वाही हुन्छ क्षतिपुर्ति दिन नसक्ने बताउदै वसपार्क भएको ठाउँबाट यातायातका साधनहरु संचालन गर्ने पर्ने बताउनु भएको छ ।अहिले कसैले जिल्ला अस्पतालको नजिक वसपार्क बनाउनु पर्ने अवाज पनि उठ्न थालेको छ । पछिल्लो समय मान्म बजारको सडक लाइन आसपास गाडी पार्किङ गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित