१८ वर्षभन्दा माथिका नागरिकलाई देशभर बुस्टर डोज

7
SHARES
15
VIEWS

कालीकोट ।सरकारले पूर्ण खोप लगाएको ६ महीना पूरा भइ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका नागरिकलाई बुस्टर डोज दिन थालेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, उपलब्ध भएसम्म आफूले पहिले लगाएको खोप वा उक्त खोप उपलब्ध नभएको खण्डमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जोन्सन एन्ड जोन्सन वा फाइजर खोपलाई बुस्टर डोजको रूपमा दिइने बताएको छ।
कोरोनाभाइरसको सङ्क्रमण भएकाले सङ्क्रमण मुक्त भएको एक महीनापछि पहिलो मात्र या बुस्टर डोज लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।पछिल्लो समयमा व्यापक मात्रामा खोप लगाउन थालिएको छ । कालीकोटका साथै देशभरका ग्रामिण क्षेत्रमा खोप लगाउन अभियानात्मक रुपमा थालिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित