पलांतामा जिप दुर्घटना एकको मृत्यु ६ जना घाईते

7
SHARES
15
VIEWS

कालीकोट । पलांतामा जिप दुर्घटना हुंदा एकको मृत्यु ६ जना घाईत भएको छन । घाटाचौरबाट कर्नालि नदिमा तारेर बाख्रे बजारमा स्वागत गर्दै गरेको अवस्थामा एक स्थानियले जवरजस्त चलाउन खोज्दा जिपको अगाडी उभिएका परिलाल भण्डारी लगाएत ७ जनालाई जिपले च्यापेपछि एकको मृत्यु भएको हो भने ६ जना घाइते भएको बताइएको छ ।घाईतेहरुको सनाखत हुन नसकेको बताइएको छ ।

घटनामा ६ जना घाइतेहरुको पलांता अस्पतालमा उपचार हुन नसकेपछि नेपालि सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । तिन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । विर बहादुर भण्डारीले ल्याएको नयाँ गाडीको स्वागत गर्दै गरेको अवस्थामा एक स्थानियले जवरजजस्त चलाउन खोज्दा घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटना स्थलका बारेमा थप बुझ विस्तारका लागि आफुहरु जाने क्रममा बाटोमा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी भुपेन्द्र बहादुर शाहीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित