कालीकोट ।नेपालि कांग्रेस कालीकोटले सामाजिक संजाल र संचार माध्यममा स्थानिय तहको उम्मेद्धारी घोषणा नगर्न आग्रह गरेको छ ।
जिल्ला सभापति अम्म बहादुर शाही द्धारा हस्ताक्षरित निर्देशनमा विरोधिले खेल्ने ठाउँ पाउनुका साथै पार्टी विधि निति विपरित भई समाजमा भ्रम सृजना हुने बताइएको छ । नेपालि कांग्रेस कालीकोटले फागुन २० गते देखि घरघरमा जाऔं नेपालि कांग्रेसलाई जिताऔं अभियान संचालन गरिने समेत बताइएको छ ।
नेपालि कांग्रेसले जिल्ला बाहिर रहेका नेता तथा कार्यक्रतालाई जिल्ला फर्कन समेत अनुरोध गरेको छ । पछिल्लो समयमा नेकपा(माओवादी),नेकपा(एमाले),नेकपा(एकिकृत समाजवादी)ले गाउँ अभियान तिव्र पारेको बेला नेपालि कांग्रेसले सो अभियान थालनि गर्ने भएको छ ।
Discussion about this post