पलांता दुर्घटना प्रति माओवादी केन्द्र द्धारा दुःख व्यक्त

7
SHARES
15
VIEWS

कालीकोट । पलांतामा भएको जिप दुर्घटना प्रति नेकपा(माओवादी केन्द्र)ले दुख व्यक्त गरेको छ । नेकपा(माओवादी केन्द्र)कालीकोटका संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)द्धारा हस्ताक्षरित समबेदनामा दुख व्यक्त गरिएको छ ।

उक्त दुर्घटना परी मृत्यु भएका पलांता गाउँ पालिका वडा न.१ पुलाँहका परिलाल भण्डारी प्रति श्रदान्जलि व्यक्त गर्दै घरपरिवारमा धैर्यधारण सहित समबेदना व्यक्त गरिएको छ ।

समबेदना पत्रमा आफ्नो पार्टीका नेताहरु कल बहादुर भण्डारी,टक्क बम लगाएत ७ जना घाईतेको स्वस्थ्य लाभको कामना व्यक्त गरिनुका साथै घाईतेहरुको निशुल्क उपचारका लागि कर्णालि प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
समवेदना जस्ताको त्यस्तै
समवेदना
कालीकोट जिल्लाको पलांता गाउँ पालिकामा मिति २०७८ साल फागुन १० गते भएको जिप दुर्घटनाबाट एक जनाको मृत्यु र ७ जना घाइते भएकोमा हाम्रो पार्टी स्तव्ध भएको छ । उक्त दुर्घटनामा पलांता गाउँ पालिका वडा न.१ पुंलाहका परिलाल भण्डारीको निधन प्रति गहिरो दुख व्यक्त गर्दै वहाँ प्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछौ । यस दुखद घडिमा मृतक भण्डारीका घर परिवारमा धैर्यधारणका साथ शोकलाई शक्तिमा बदल्नुका साथै परिवारजनमा समेवदना व्यक्त गर्दछौं । उक्त घटनामा हाम्रो पार्टीका नेता कल बहादुर भण्डारी,टक्क बम(राजकुमार) लगाएत ७ जना घाईतेहरुको सिघ्र स्वस्थ्य लाभको कामना गर्दछौं ।सो घटनाका सबै घाईतेहरुको उपचारका लागि कर्णालि प्रदेश सरकारको गम्भिर ध्यानाकर्ष गर्दै निशुल्क उपचारको व्यवस्थापन गर्न समेत अनुरोध गर्दछौं ।

लक्ष्मि चौलागाई(शैलेन्द्र)
संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित