कालीकोट । कर्नाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सुदुरपश्चिम प्रदेशको अछाममा जेष्ठ नागरिकलाइ सम्मान गर्नु भएको छ । अछाम जिल्लाको रामारोशन गाउँ पालिकाको भोटाकाटिया स्थित गतिशिल कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै जनयुद्ध आधार इलाकामा आउने अवसर पाएकोमा खुशी ब्याक्त गर्नु भएको छ । सो कार्यक्रममा रामारोशन गाउँ पालिकाका वडा नम्बर ५ र ६ भोटकाटियाका जेष्ठ नागरिकलाई सम्मान समेत गर्नु भएको छ ।रामारोशनमा गरिएको उक्त सभालाइ सम्बोधन गर्नु भएको बताइएको छ । रामारोशनका स्थानीयले कर्नाली प्रदेशका पहिलो मुख्यमन्त्री शाहिलाइ अभिनन्दन गरेको रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलले बताउनु भएको छ । जनयुद्ध कालमा अछाम र कालीकोट एउटै क्षेत्रका रुपमा रहेको थियो । अछाम जिल्लाको रामारोशन आधार इलाकाका रुपमा रहदै सेतिमहाकाली प्रदेशको मुख्यालयको रुपमा रहेको थियो ।
Discussion about this post