कालीकोटका लागि हिमचुली सहकारी अर्थतन्त्रको उपज हो-अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले हिमचुली कृषि सहकारी संस्था लिमिटेड कालीकोटका लागि अर्थतन्त्रको उपज भएको बताउनु भएको छ ।
हिमचुली कृषि सहकारी संस्था लिको १३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहेका अध्यक्ष सेजुवालले सो कुरा बताउनु भयो ।
कालीकोट जिल्लामा सबै भन्दा व्यावसायिक तथा बित्तीय कारोबार गर्दै आएको सहकारीले जिल्लामा नमुना काम गरेकोमा धन्यवाद दिदै अध्यक्ष सेजुवालले झोला भित्रका काम गर्ने सहकारीले हिमचुली कृषि सहकारी संस्थाबाट सिक्न समेत अनुरोध गर्नु भएको छ ।हिमचुली कृषि सहकारी संस्था लिका अध्यक्ष काली बहादुर महताराको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलहरुको सहभागिता रहेको छ ।
कालीकोटमा ९ वटै स्थानीय तहमा सेवा कार्यालय स्थापना गरेर कारोबार गर्दै आएको हिमचुली कृषि सहकारी संस्था लिका १३ हजार ५ सय सदस्यहरुमा ३४ करोड कर्जा प्रवाह गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित