नरहरिनाथका १ सय ४५ जना शहिद परिवारलाइ माओवादी केन्द्र द्वारा सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । सहिद सप्ताहको क्रममा नरहरिनाथ गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र) कालीकोटले सम्मान गरेको छ । नरहरिनाथ गाउँ पालिकामा रहेका १ सय ४५ जना सहिद परिवारलाई सम्मान गरिएको हो ।नेकपा( माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य बिष्णु बिक( बिकल्प),यसोदा न्यौपाने ( पुर्णिामा),केन्द्रिय लेखा आयोग सदस्य तथा रास्कोट नगर प्रमुख काशीचन्द्र बराल,जिल्ला संयोजक लक्ष्मी चौलागाईं,नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर बिष्ट लगाएतका अतिथिहरुको उपस्थितिमा सम्मान गरिएको हो । जनयुद्धका शहिदहरुको बलिदानले देशमा संघीयता,लोकतान्त्रिक गणतन्त्र र समाबेशिताको शुरूवात भएको सहभागी नेताले चर्चा गरेका छ्न ।नेकपा(माओवादी)ले थालेको जनयुद्धको २७ पूरा भएको र सोही अवसरमा आयोजित बलिदान दिवसको अबसरमा शहिद तथा बेपत्ताका घर परिवारलाई सम्मान गरिएको हो । उक्त कार्यक्रमको नरहरिनाथ गाउँ कमिटी अध्क्षय मनशोभा बुढाको अध्यक्षतामा भएको बताइएको छ । मंगलबार खांडाचक्रको पिलिमा सहिद परिवारलाइ सम्मान गरिने भएको छ ।यस अघि पचालझरनाको सहिद पार्क भुराबगर र रास्कोटको सान्तिघाटमा सहिद परिवारलाइ सम्मान गरिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित