एमसिसिले देश राष्टघातमा चुर्लुम्मै डुब्ने भयो-रणदिप

7
SHARES
15
VIEWS

कालीकोट । नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले एमसिसि नेपालमा लागु हुने भएसंगै राष्ट्रघातले देश डुब्ने चिन्ता व्यक्त गर्नु भएको छ ।

एमसिसिका कारण ठुला शक्ति राष्ट्रले नेपालमा खेल्ने ठाउँ पाउने र नेपाल र नेपालिको अस्तित्व माथि ठुलो आघात पुग्ने बताउदै राष्ट्रभक्तिहरुले देशको चिन्ता मान्नु पर्ने बताउनु भएको छ । कर्नालि संचार संग कुरा गर्दै जिल्ल सेक्रेटरी रणदिपले एमसिसिका विरुद्ध केही नेताहरु लागि परेको बताउृदै सबैले एक साथ अघि बढ्न समेत अनुरोध गर्नु भएको छ ।

देशको बाघडोर सम्हालेका राजनैतिक दलहरुले सत्ता स्वार्थका कारण एमसिसि माथिको व्याख्यात्मक टिप्पणिले केही हुनेवाला नभई संरक्षण गरेको आरोप लगाउनु भएको छ ।

एमसिसि विरुद्ध आफ्नो पार्टी विप्लव नेकपा लगाएतका ६ दल मात्र संघर्षमा लागि परेकाले सबैलाई देशको रक्षाका लागि अग्रसर भई आन्दोलनमा साथ दिन अनुरोध गर्नु भएको छ ।विप्लव नेकपा लगाएतका ६ दलले आज(सोमबार) नेपाल बन्दको आयोजना गरेका छन ।

स्थानियमा भने एमसिसि विरुद्ध जनप्रदर्शन लगाएतका संघर्षका कार्यक्रम अघि सार्न अनुरोध समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित